close

अमेरिकामा टिकटक र वीच्याट बन्द नगर्ने बाइडेन प्रशासनको निर्णय

टेकपाना टेकपाना

फागुन १, २०७७ १७:५५

अमेरिकामा टिकटक र वीच्याट बन्द नगर्ने बाइडेन प्रशासनको निर्णय

काठमाडौं । टिकटक र वीच्याटलाई अमेरिकामा बन्द गर्ने निर्णयलाई बाइडेनको नयाँ प्रशासनले रोकेको छ । यसअघि भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ती दुई चिनियाँ कम्पनीहरुबाट राष्ट्रिय सुरक्षामा आँच आउने भन्दै अमेरिकाबाट दुबैलाई बहिष्कार गर्ने घोषणा गरेका थिए ।

तर ट्रम्प प्रशासनले टिकटकको स्वामित्व खरिद गर्ने कुनै अमेरिकी कम्पनी तयार रहे अमेरिकामा त्यसले सञ्चालनको अनुमति पाउने र डेटा पनि त्यहाँ भण्डारण गर्ने विकल्प प्रदान गरेको थियो ।

यसबीच अमेरिकी उच्च अदालतको एक आदेशले ती एप तथा कम्पनीहरुलाई अमेरिकाबाट निकाला गर्ने ट्रम्पको निर्णयलाई उल्टाएको थियो ।

टिकटकको मातृ कम्पनी बाइटड्यान्सले पनि अमेरिकी प्रशासनको उक्त निर्णयविरुद्ध मुद्दा दायर गरेको थियो । साथै विच्याटका प्रयोगकर्ताहरुले पनि एपलाई प्रतिबन्धविरुद्द मुद्दा दायर गरी आफ्नो पक्षमा आदेश पाएका थिए ।

हाल यी सबै मुद्दा सुनुवाईका क्रममा छन् । यसबीच नयाँ प्रशासनको अपडेटले उक्त निर्णयलाई नै उल्टाएको हो । बाइडेन प्रशासनले टिकटकबारे अध्ययन गरी यसबाट कुनै राष्ट्रिय सुरक्षा आँच नपुर्‍याउने पाइएकाले दुवै मुद्दालाई रोक्न अदालतसँग अपिल गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३