close

सामाजिक सञ्जालमार्फत अश्लील अभिव्यक्ति दिएको भन्दै सपनाले दिइन् विनयजङ्गविरुद्द जाहेरी

टेकपाना टेकपाना

फागुन २, २०७७ १५:०

सामाजिक सञ्जालमार्फत अश्लील अभिव्यक्ति दिएको भन्दै सपनाले दिइन् विनयजङ्गविरुद्द जाहेरी

काठमाडौं । माग्दीकी १८ वर्षीया सपना रोका मगरले सामाजिक सञ्जालबाट अश्लील अभिव्यक्ति दिएको भन्दै विनयजङ्ग बस्नेतविरुद्द प्रहरीमा जाहेरी दिएकी छन् ।

सपनाले विनयजंगविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । ‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ,’ काठमाडौं प्रहरी परिसरका प्ररमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले भने, ‘पक्राउ पुर्जी जारी गर्छौं ।’

बेवारिसे लास जलाएर चर्चामा आएकी सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा समेत परेकी छन् । याे बेलासम्म सपना र विनयजंगबीच बाबुछोरीको जस्तो सम्बन्ध रहेको बताइन्थ्यो ।

तर पछिल्लाे समय विनयजंगले सपनाविरुद्ध युट्युब, फेसबुक, फाेन लगायतबाट अश्लील अभिव्यक्ति र धम्की दिइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३