काठमाडौं । हाल नेपालमा दर्जनौं सेवाप्रदायकले इन्टरनेट सेवा दिइरहेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट १२७ वटा सेवाप्रदायकले अनुमतिपत्र लिएको भए पनि सञ्चालनमा भने ४० हाराहारी मात्र छन् ।
एउटै सेवाप्रदायकले विभिन्न प्याकेज उपलब्ध गराइरहेको अवस्थामा कुन सेवाप्रदायकको प्याकेज सस्तो भन्ने कुराले दुविधा उत्पन्न गराइरहेको हुन्छ । आज हामी तपाईंलाई यस्तै किसिमको दुविधाको अन्त्य गर्ने गरी कुन सेवाप्रदायकको सेवा सस्तो भन्ने विषयमा चर्चा गर्दै छौं ।
जसमा लागि हामीले कुल ८३ प्रतिशत बजार हिस्सा ओगटेका ठूला ५ कम्पनीको प्याकेजको तुलना गरेका छौं । जसमा भ्याट तथा दूरसञ्चार सेवा शुल्क समेत समेटिएको छ ।
नेपाल टेलिकम
समग्र प्याकेजमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी टेलिकमले सबैभन्दा सस्तो मूल्यमा इन्टरनेट सुविधा दिइरहेको छ । मासिक ८३३ रुपैयाँमा १० एमबीपीएसको एफटीटीएच इन्टरनेट कम्पनीको सबैभन्दा सस्तो प्याकेज हो ।
तपाईंले टेलिकमको एउटै एफटीटीएचमा इन्टरनेटसँगै आईपी टिभी र टेलिफोन सेवा समेत लिन सक्नुहुन्छ । कम्पनीले हरेक महिना नेवर्कभित्र कल गर्न सकिने गरी २५० मिनेट टकटाइम समेत दिँदै आएको छ ।
जसअनुसार तपाईंले मासिक ८७५ रुपैयाँमै १५ एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेटसँगै निःशुल्क टेलिफोन प्राप्त गर्न सक्नुहन्छ । यदि तपाईं साथमा आईपी टिभी समेत चाहनुहुन्छ भने कम्तिमा मासिक १२ सय रुपैयाँ तिर्न तयार हुनुपर्छ ।
कम्पनीले ग्राहकका लागि मासिक २४०० रुपैयाँसम्मका विभिन्न २९ वटा इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।
| प्याकेज | प्याकेजको मूल्य रु | प्रति महिना रु |
| १० एमबीपीएस | १०००० (१२ महिना) | ८३३ |
| १० एमबीपीएस | २६०० (३ महिना) | ८६७ |
| १५ एमबीपीएस/फ्री ल्याण्डलाइन | १०५०० (१२ महिना) | ८७५ |
| १० एमबीपीएस | ९०० (१ महिना) | ९०० |
| १५ एमबीपीएस/फ्री ल्याण्डलाइन | २८५० (३ महिना) | ९५० |
| १५ एमबीपीएस/फ्री ल्याण्डलाइन | १००० (१ महिना) | १००० |
| २० एमबीपीएस | १२५०० (१२ महिना) | १०४२ |
| २० एमबीपीएस | ३४०० (३ महिना) | ११३३ |
| २० एमबीपीएस | १२०० (१ महिना) | १२०० |
| १५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | १५००० (१२ महिना) | १२५० |
| २५ एमबीपीएस/फ्री ल्याण्डलाइन | १५५०० (१२ महिना) | १२९२ |
| १५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | ४१०० (३ महिना) | १३६७ |
| २५ एमबीपीएस/फ्री ल्याण्डलाइन | ४२०० (३ महिना) | १४०० |
| १५ एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | १४०० (१ महिना) | १४०० |
| २५ एमबीपीएस/फ्री ल्याण्डलाइन | १५०० (१ महिना) | १५०० |
| ३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | १८१०० (१२ महिना) | १५०८ |
| ५० एमबीपीएस | १९००० (१२ महिना) | १५८३ |
| ४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | १९७०० (१२ महिना) | १६४२ |
| ३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | ५००० (३ महिना) | १६६७ |
| ५० एमबीपीएस | ५०५० (३ महिना) | १६८३ |
| ६० एमबीपीएस | २०५०० (१२ महिना) | १७०८ |
| ३० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | १७५० (१ महिना) | १७५० |
| ५० एमबीपीएस | १८०० (१ महिना) | १८०० |
| ६० एमबीपीएस/फ्री ल्याण्डलाइन | ५५०० (३ महिना) | १८३३ |
| ६० एमबीपीएस/फ्री ल्याण्डलाइन | २००० (१ महिना) | २००० |
| ४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | ६००० (३ महिना) | २००० |
| ६० एमबीपीएस/एनटी टिभी/फ्री टेलिफोन | २४५०० (१२ महिना) | २०४२ |
| ४० एमबीपीएस/एनटी टिभी/फ्री ल्याण्डलाइन | २०५० (१ महिना) | २०५० |
| ६० एमबीपीएस/एनटी टिभी/फ्री टेलिफोन | ७२०० (३ महिना) | २४०० |
वर्ल्डलिङ्क
फिक्स्ड लाइन इन्टरनेटमा देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायकको रुपमा रहेको वर्ल्डलिङ्कले हालै मात्र तहल्का नामक नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार तपाईंले मासिक ९०३ रुपैयाँमै १० एमबीपीएस गतिको इन्टरनेटसँगै आईपी टिभी चलाउन सक्नुहुन्छ ।
समग्रमा नेपाल टेलिकमको प्याकेजभन्दा केही महंगो भए पनि यो प्याकेज आईपी टिभी सेवा समेतका लागि भने नेपालकै सस्तो प्याकेज हो । तर यसमा तपाईंले केवल ३ वटा डिभाइसमा मात्र इन्टरनेट सेवा प्रयोग गर्न पाउनुहुन्छ ।
कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका विभिन्न ९ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
| प्याकेज | प्याकेजको मूल्य रु | प्रति महिना रु |
| १० एमबीपीएस (३ डिभाइसमा मात्र)/१ नेट टिभी | १०,८३४ (१२ महिना) | ९०३ |
| ३० एमबीपीएस/१ नेट टिभी | १६९५० (१२ महिना) | १४१२ |
| ४० एमबीपीएस/२ नेट टिभी | १९७७५ (१२ महिना) | १६४८ |
| ३० एमबीपीएस/१ नेट टिभी | ५०८५ (३ महिना) | १६९५ |
| ४० एमबीपीएस/२ नेट टिभी | ६१५८६ (३ महिना) | २०५३ |
| ६० एमबीपीएस/३ नेट टिभी | २४८६० (१२ महिना) | २०७२ |
| ४० एमबीपीएस/२ नेट टिभी | २०९१ (१ महिना) | २०९१ |
| ६० एमबीपीएस/३ नेट टिभी | ७२८८१ (३ महिना) | २४३० |
| ६० एमबीपीएस/३ नेट टिभी | २४८६ (१ महिना) | २४८६ |
सुबिसु
देशकै तेस्रो तथा निजी क्षेत्रको दोस्रो ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्टरनेट मूल्यका हिसाबले तेस्रो स्थानमा छ । कम्पनीले मासिक १२४३ रुपैयाँमा सबैभन्दा सस्तो प्याकेज उपलब्ध गराइरहेको छ ।
जसमा तपाईंले २० एमबीपीएस गतिको इन्टरनेट सेवा पाउन सक्नुहुन्छ । कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका विभिन्न १८ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
| प्याकेज | प्याकेजको मूल्य रु | प्रति महिना रु |
| २० एमबीपीएस | १४९१६ (१२ महिना) | १२४३ |
| ३५ एमबीपीएस | १५५९४ (१२ महिना) | १३०० |
| ३० एमबीपीएस/क्लियर टिभी | १६३८५ (१२ महिना) | १३६५ |
| ४५ एमबीपीएस | १६९५० (१२ महिना) | १४१३ |
| २० एमबीपीएस | ४५७७ (३ महिना) | १५२६ |
| २० एमबीपीएस | १५८२ (१ महिना) | १५८२ |
| ३५ एमबीपीएस | ४७४६ (३ महिना) | १५३८ |
| ४० एमबीपीएस/क्लियर टिभी | १९२१० (१२ महिना) | १६०१ |
| ३५ एमबीपीएस | १६३९ (१२ महिना) | १६३९ |
| ३० एमबीपीएस/क्लियर टिभी | ४९७२ (३ महिना) | १६५७ |
| ४५ एमबीपीएस | ५०८५ (३ महिना) | १६९५ |
| ४५ एमबीपीएस | १७५२ (३ महिना) | १७५२ |
| ३० एमबीपीएस/क्लियर टिभी | १७५२ (१ महिना) | १७५२ |
| ४० एमबीपीएस/क्लियर टिभी | ६०४६ (३ महिना) | २०१५ |
| ६० एमबीपीएस/क्लियर टिभी | २४२९२ (१२ महिना) | २०२४ |
| ४० एमबीपीएस/क्लियर टिभी | २०९१ (१ महिना) | २०९१ |
| ६० एमबीपीएस/क्लियर टिभी | ७१७६ (३ महिना) | २३९२ |
| ६० एमबीपीएस/क्लियर टिभी | २४८६ (१ महिना) | २४८६ |
भायनेट
नेपालमै पहिलो पटक एफटीटीएच प्रविधिमार्फत इन्टरनेट सेवा दिन सुरु गरेको र सम्पूर्ण सेवा एफटीटीएचमै केन्द्रीत रहेको सेवाप्रदायक हो भायनेट । कम्पनीको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजका लागि मासिक १३५६ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
जसमा तपाईंले ३० एमबीपीएस गतिको इन्टरनेटसँगै एउटा आईपी टिभी पाउन सक्नुहुन्छ । ३० एमबीपीएसको इन्टरनेटसँगै आईपी टिभी समेत उपलब्ध प्याकेजहरुमा यो नै नेपालको सबैभन्दा सस्तो विकल्प हो ।
कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका १२ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
| प्याकेज | प्याकेजको मूल्य रु | प्रति महिना रु |
| ३० एमबीपीएस/१ भाय टिभी | १६२७२ (१२ महिना) | १३५६ |
| ४५ एमबीपीएस | १६९५० (१२ महिना) | १४१३ |
| ४० एमबीपीएस/२ भाय टिभी | १८९८४ (१२ महिना) | १४८२ |
| ३० एमबीपीएस/१ भाय टिभी | ४९१६ (३ महिना) | १५३९ |
| ४५ एमबीपीएस | ५०८५ (३ महिना) | १६९५ |
| ४५ एमबीपीएस | १७५२ (१ महिना) | १७५२ |
| ३० एमबीपीएस/१ भाय टिभी | १७५२ (१ महिना) | १७५२ |
| ४० एमबीपीएस/२ भाय टिभी | ५७६३ (३ महिना) | १९२१ |
| ६० एमबीपीएस/३ भाय टिभी | २३७३० (१२ महिना) | १९७८ |
| ४० एमबीपीएस/२ भाय टिभी | २०३४ (१ महिना) | २०३४ |
| ६० एमबीपीएस/३ भाय टिभी | ७२८६ (३ महिना) | २४२९ |
| ६० एमबीपीएस/३ भाय टिभी | २४८६ (१ महिना) | २४८६ |
क्लासिक टेक
इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आफ्नो सबैभन्दा सस्तो प्याकेजको रुपमा १४१३ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
जसमा आईपी टिभीको रुपमा क्लासिक प्रभु टिभी समेत पाउन सकिन्छ । कम्पनीले २४८६ रुपैयाँसम्मका विभिन्न १२ वटा प्याकेजमा इन्टरनेट दिइरहेको छ ।
| प्याकेज | प्याकेजको मूल्य रु | प्रति महिना रु |
| ३० एमबीपीएस/क्लासिक प्रभु टिभी | १६९५० (१२ महिना) | १४१३ |
| ३० एमबीपीएस/क्लासिक प्रभु टिभी | ९१५३ (६ महिना) | १५२६ |
| ४० एमबीपीएस/क्लासिक प्रभु टिभी | १९७७० (१२ महिना) | १६४८ |
| ३० एमबीपीएस/क्लासिक प्रभु टिभी | ५०८५ (३ महिना) | १६९५ |
| ४० एमबीपीएस/क्लासिक प्रभु टिभी | १०१७० (६ महिना) | १६९५ |
| ३० एमबीपीएस/क्लासिक प्रभु टिभी | १७५२ (१ महिना) | १७५२ |
| ४० एमबीपीएस/क्लासिक प्रभु टिभी | ६१५६ (३ महिना) | २०५२ |
| ६० एमबीपीएस/क्लासिक प्रभु टिभी | २४८५५ (१२ महिना) | २०७१ |
| ४० एमबीपीएस/क्लासिक प्रभु टिभी | २०९१ (१ महिना) | २०९१ |
| ४० एमबीपीएस/क्लासिक प्रभु टिभी | १२८८२ (६ महिना) | २१४७ |
| ६० एमबीपीएस/क्लासिक प्रभु टिभी | ७२८९ (३ महिना) | २४३० |
| ६० एमबीपीएस/क्लासिक प्रभु टिभी | २४८६ (१ महिना) | २४८६ |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
