काठमाडौं । नेपाली बजारमा हालै जेनेस साेलुसनले पहिलाे पटक फेसबुकको पोर्टल टिभी ल्याएकाे छ । पाेर्टल टिभी एउटा सानाे डिभाइस हाे, जसमा १२.५ मेगापिक्सेलकाे एआई क्यामेरा र माइक्रोफोन छ ।
फेसबुक पाेर्टल टिभी प्रयाेग गरेर ग्राहकले घरमै मल्टिमिडियाको उत्कृष्ट अनुभव लिन पाउनेछन् । कम्पनीका अनुसार यो एकदमै हलुका र हातमा बोक्न मिल्ने किसिमको छ ।
यसको ठूलो स्क्रिनमा तपाईंले फेसबुक र ह्वाट्सएपहरु चलाउन सक्नुहुन्छ । तपाईंले यसमा म्यासेन्जर तथा ह्वाट्सएप भिडियो कल गर्न सक्नुहुन्छ । पोर्टल टिभीमा भएको स्मार्ट क्यामेराभित्र तपाईंको सिङ्गो परिवार सजिलै अटाउन सक्छन् । यो स्क्रिन जूम पनि हुने सुविधा छ ।
यसमा हुने सबै भिडियो कल इन्क्रिप्ट हुन्छ । स्लाइक क्यामेराको मद्दतले भिडियो क्यामेरा र माइक्रोफोनलाई डिजेबल गर्न सकिन्छ ।
यसमा एलेक्जा इनब्युल्ट पनि छ । जसले तपाईंको स्मार्ट होमलाई नियन्त्रण गर्नुका साथै तपाईंको मनपर्ने गीत सुन्न समाचार हेर्न, मौसमबारे थाहा पाउन र टाइमर सेट गर्न मद्दत गर्दछ ।
यसमा नेटफ्लिक्स र अमेजन प्राइमबाट फिल्म तथा शाेको पनि मज्जा लिन सकिन्छ । म्यासेन्जर रुमबाट ५० जनासम्म ग्रुप कल गर्न सकिने यो डिभाइसलाई रिमोटले कन्ट्रोल गर्न मिल्छ । यसमा इभर्सिभ एआर इफेक्ट पनि छ ।
यसमा तपाईंले आफ्नो मनपर्ने म्युुजिक तथा स्ट्रिमिङ एप, जस्तै स्पोटिफाई र प्यानडोरा सुन्न सक्नुहुन्छ । साथै इन्स्टाग्राम र फेसबुकमा फोटो समेत हेर्न सक्नुहुन्छ ।
४४ हजार रुपैयाँ पर्ने यो पोर्टल टिभीलाई एचडीएमआई केबलसँग जोडेर तपाईंले घरको स्मार्ट टिभीमा प्रयोग गर्न सक्नुहुन्छ ।