close

वित्तीय सूचना दिने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर

टेकपाना टेकपाना

फागुन ४, २०७७ १७:१६

वित्तीय सूचना दिने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर

काठमाडाैं । फाइनान्सियल नोटिसेस् एपमा नयाँ फिचर उपलब्ध भएको छ । कम्पनीले सरस्वती पुजाको अवसर पारेर वित्तीय साक्षरतामूलक उक्त एप एन्ड्राेइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो ।

अबको केही दिनमा आईओएस प्रयोगकर्तालाई समेत यो फिचर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । याे एपमा नयाँ फिचरको रुपमा अब नेपाली भाषाको विकल्प पनि छनोट गर्न सकिनेछ ।

साथै दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “फाइनान्स ट्रयाकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्रयाकर” सुविधालाई थप व्यवस्थित गरी सामान्य नागरिकले समेत प्रयोग गर्न सकिने गरी अद्यावधिक गरिएको छ ।

त्यस्तै सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अद्यावधिक गरएको छ । फाइनान्सियल क्यालकुलेटरमा शेयरबजारसँग सम्बन्धित क्यालकुलेटरहरुको थप सुविधा थपिएको कम्पनीले जनाएको छ ।

‘फाइनान्सियल नोटिसेस्’ आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय सूचनाको माध्यमबाट आधुनिक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपालकै पोहिलो र एकमात्र वित्तीय सूचनामूलक डिजिटल एप हो ।

छोटो समयमै नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको “फाइनान्सियल नोटिसेस्” एपबाट आफूले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, ताजा आर्थिक समाचार, नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी लगायतका जानकारी लिन सकिन्छ ।

त्यस्तै आगामी कार्यक्रमहरु, शेयर बजार लगानीका अवसर, शाखा सञ्जाल, एटीएम रहेको ठाउँ, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकिङ्ग सेवा समय, शेयर बजार, रोजगारी, त्रैमासिक वित्तीय विवरण, ई–बैंकिङ सेवा/सुविधाको जानकारी पनि लिन सकिन्छ ।

त्यस्तै एपबाट बैंक, वित्त, बीमा र पूँजी बजारको सम्पूर्ण आर्थिक गतिविधि, लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ ।

फाइनान्सियल नोटिसेस एपले डिजिटल सूचनाको सही जानकारीले आम नागरिकको जीवनका आवश्यकता र चाहनाहरुको विश्लेषण वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही परिचान, ऋणको सही सूचनाबाट सही निर्णय लिनसक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट र तिनीहरुको सही प्रयोग, व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्नेछ ।

वित्तीय साक्षरताकोे विस्तारका लागि पहिलो शर्त भनेको वित्तीय तथा प्रविधिगत पहुँच नै हो । जुन हामीले फाइनासन्सियल नोटिसेस् मोबाइल एप मार्फत प्रदान गर्दै आइरहेको कम्पनीका सञ्चालक प्रकाश अर्यालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३