close

‘म साइबर क्राइम डिपार्टमेन्टबाट हो’ भन्दै अश्लील सामग्री माग्नेसँग सतर्क रहनू : प्रहरी

टेकपाना टेकपाना

फागुन ४, २०७७ १७:४९

‘म साइबर क्राइम डिपार्टमेन्टबाट हो’ भन्दै अश्लील सामग्री माग्नेसँग सतर्क रहनू : प्रहरी

काठमाडाैं । ‘म साइबर क्राइम डिपार्टमेन्टबाट प्रहरी’ बोलेको भन्दै अश्लील फोटो र भिडियोहरु माग्ने क्रम बढेकाे भन्दै प्रहरी प्रधान कार्यलय साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

विभिन्न समयमा ल्याण्डलाइन तथा मोबाइल फोनमा प्राइभेट वा कुनै पनि नम्बर नदेखिने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरी अश्लील फोटो र भिडियो माग्ने गरेकाे पाइएकाले सचेत रहन ब्यूरोले आग्रह गरेको हो ।

ब्यूरोका अनुसार त्यसरी कल गरी ‘म साइबर क्राईम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईंको फेसबुक ह्याक भएको छ । अश्लील फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं, तर भेरिफिकेशनका लागि तपाईंले आफ्नो नांगाे फोटो तथा भिडियो पठाउनुहोस भन्ने गरेका छन् ।

ई-मेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरबाट फोटो माग्ने र त्यसरी फोटो माग्न प्रयोग गरिएको उक्त ई-मेल, फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभेट गर्ने गरेको सूचना एवं उजुरी पछिल्ला समयमा बढ्दै गइरहेकाे ब्यूरोले जनाएकाे छ ।

यसरी प्रविधिको दुरुपयोग गरी गरिएका गैरजिम्मेवारी तथा ऐन कानून विपरीत कार्य प्रति सजग भई, त्यसरी आफ्ना व्यक्तिगत कुनै पनि विवरण उपलब्ध नगराउन ब्यूरोले आग्रह गरेकाे छ ।

साथै त्यस्ता कार्य भए गरेको पाइएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको टेलिफोन नं. ०१- ४२१९०४४, ४२१९०४८, मोबाइल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना [email protected] मा सूचना वा जानकारी दिन समेत ब्यूरोले अनुरोध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३