close

भारतमा पोर्न भिडियो हेर्नेलाई निगरानी राख्दै प्रहरी

टेकपाना टेकपाना

फागुन ६, २०७७ १३:४६

भारतमा पोर्न भिडियो हेर्नेलाई निगरानी राख्दै प्रहरी

काठमाडौं । भारतको एक राज्यमा इन्टरनेटमा पोर्न भिडियो हेर्ने प्रयोगकर्तालाई प्रहरीले निगरानी राख्ने भएको छ । उत्तर प्रदेश राज्यमा बसोबास गर्ने व्यक्तिलाई इन्टरनेटमा पोर्न सामग्री हेर्नबाट वञ्चित गर्न नयाँ कदम चालिएको हो ।

त्यहाँको प्रहरीले गत शनिबारमात्रै प्रयोगकर्ताको इन्टरनेट सर्च डेटालाई अध्ययन एवं निगरानी गर्न एउटा कम्पनी नियुक्त गरेको छ ।

यो टिमले यदि इन्टरनेटमा मानिसहरुले पोर्न सामग्री खोजिरहेका वा हेरिरहेका छन् भने तत्काल निगरानी प्रक्रिया थाल्छ । महिला विरुद्ध हुने अपराध रोक्न यस्तो उपाय अवलम्बन गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

यसका लागि यूपी प्रहरीले ‘यूपी वुमन पावरलाइन १०९०’ नामक नयाँ टिम गठन गरेको छ । यसले इन्टरनेटमा मानिसकाे गतिविधि अनुगमन गर्दछ ।

यो टिमले प्रयोगकर्ताले इन्टरनेटमा पोर्न सामग्री खोज्नासाथ त्यस्ता प्रयोगकर्ताको डिभाइसमा अलर्ट म्यासेज पठाउँछ । त्यस्ता प्रयाेगकर्ताकाे विवरण प्रहरीको डेटाबेसमा भण्डारण गरी आवश्यक कदम चालिने यूपी प्रहरीकी एडीजी निरू रावतले बताइन् ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३