काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा मात्रै नेपालमा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको आयातको तथ्याङ्कले यति धेरै मात्रामा नेपालमा मोबाइल आयात भएको देखाएको हो ।
भन्सार विभागका अनुसार यस अवधिमा कुल ४३ लाख ६८ हजार ८७२ थान मोबाइल आयात भएका छन् । जस वापत सरकारले मात्रै ३ अर्ब ८० करोड ८९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागका अनुसार माघ महिनामा मात्रै ७ लाख ४ हजार २२४ थान मोबाइल नेपाल भित्रिएका छन् । जसका लागि ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ ।
यस अवधिमा ६१ हजार ३९७ थान स्मार्ट वाच भित्रिएका छन् । जसका लागि १२ करोड ४१ लाख ७९ हजार रुपैयाँ नेपालबाट बाहिरिएको छ ।
कुन देशबाट कति मोबाइल आयात ?
| देश | मोबाइल | मूल्य रू. |
| चीन | ३६,३२,४०२ | १५ अर्ब ३६ करोड ७५ लाख ८१ हजार |
| भारत | ५,४०,९४४ | ७ अर्ब ६० करोड ९२ लाख ९० हजार |
| भियतनाम | १,९०,८७० | ९० करोड १६ लाख १२ हजार |
| अन्य | ४,६५६ | १८ करोड ९६ लाख ८५ हजार |
| जम्मा | ४३,६८,८७२ | २४ अर्ब ६ करोड ८१ लाख ७० हजार |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
