काठमाडौं । भारतमा फाइभजी सेवा विस्तारका लागि टेलिकम सेवाप्रदायक कम्पनी एयरटेलले अमेरिकी चिप निर्माता क्वालकमसँग साझेदारी गरेको छ ।
कम्पनीले भारतमा रेडियो एक्सेस नेटवर्क (र्यान)मा आधारित प्लेटफर्म फाइभजी नेटवर्क रोलआउट गर्न प्रयोग गर्नेछ ।
दुवै कम्पनीले जारी गरेको स्टेटमेन्ट अनुसार एयरटेल र क्वालकमले संयुक्त रूपमा क्वालकमको फाइभजी र्यान प्लेटर्फममा आधारित भएर फिक्स्ड वायरलेस एक्सेस नेटवर्क निर्माणमा काम गर्नेछन् । जसको मद्दतले देशभर कम लागतमा द्रुत सेवा स्थापना गर्ने लक्ष्य राखिएको छ ।
‘यो सम्झौताले भारतलाई उच्च गतिकाे डिजिटल कनेक्टिभिटी प्रदान गर्न मद्दत पुग्नेछ,’ एयरटेलका सीटीओ रन्दिप सेखअनले भने, ‘घर र व्यवसायका लागि गिगाबाइट गतिमा ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्न डिजाइन गरिनेछ ।’