close

आफैं सफा हुने चश्मा बनाउँदै एप्पल

टेकपाना टेकपाना

फागुन १४, २०७७ १२:२२

आफैं सफा हुने चश्मा बनाउँदै एप्पल

काठमाडौं । अहिले हामीले चश्मा प्रयोग गर्दा साथमा रुमाल अथवा चश्मासँगै आउने सानो कपडा बोकेर हिँड्ने गरेका हुन्छौं । अब भने बजारमा आफैं सफा हुने चश्मा आउने भएकाे छ ।

याे चश्मामा टाँसिएको फोहोर तथा दाग स्वतः सफा हुनेछ । एप्पल कम्पनीले नयाँ स्मार्ट ग्लास उत्पादनमा यस्ताे फिचर थप्न लागेकाे हाे ।

स्मार्ट ग्लासमा नयाँ प्याटेन्ट समेत दर्ता गरिसकेकाे कम्पनीले स्वतः सफा हुने फिचरलाई ‘अप्टिकल मोडुल्स’ नाम दिएको छ ।

अहिले जस्तो कपडा प्रयोग गरेर सफा गर्दा चश्मा कोरिने, त्यसको पिक्सेलमा असर पर्ने भएकाले सिस्टम आफैंले चश्मा सफा गर्न मिल्ने बनाउन लागिएकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४