close

आधुनिक डिजाइन र फिचरसहित नयाँ स्मार्टफोन ल्याउँदै भिभो

टेकपाना टेकपाना

फागुन १५, २०७७ ११:५४

आधुनिक डिजाइन र फिचरसहित नयाँ स्मार्टफोन ल्याउँदै भिभो

काठमाडौं । आजको स्मार्टफोन विश्वबजार निरन्तर प्राविधिक नवप्रवर्तन तथा सेवाग्राहीको रुचिबाट निर्देशित छ । स्मार्टफोनमा ब्याट्री क्षमतादेखि, अडियो गुणस्तर, प्रोसेसिङ पावर र क्यामेरा प्रविधि सबै अत्याधुनिक छन् । 

याे भिडमा भिभाे निरन्तर स्मार्टफाेन निर्माणमा क्रियाशील छ । भिभो विश्वको सबैभन्दा पातलो फोन ब्राण्ड हो भने पप-अप क्यामेरा र इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर प्रयोग गर्ने पहिलो स्मार्टफोन हो ।

भिभो नेपाली बजारमा आएको तीन वर्ष भइसकेको छ । कम्पनीले नेपालमा भर्खरै ल्याएको भी सिरिजमा क्यामेरा प्रविधि, अत्याधुनिक डिजाइन र समग्र पर्फमेन्स नै शक्तिशाली रहेकाे दाबी गरेकाे छ । नवप्रवर्तन तथा प्रिमियम फेसनप्रति युवाहरुको चाहनालाई पुरा गर्न यो फोन पर्याप्त रहेकाे उसकाे भनाइ छ ।

कम्पनीका अनुसार भी र वाई सिरिज मात्र होइन, भिभोका सबै ह्याण्डसेटहरुमा डिजाइन एसेसरी र कम्प्युटिङ टुलमा शक्तिशाली छन् । अल्ट्रा स्लिक र स्टाइलिस कलर प्यालेटले यस फोनलाई एकदमै लक्जरी लुक्स दिएको छ ।

यी फोनमा बेस्ट इन-क्लास प्रविधि र सुन्दर आकर्षक फिचरहरु छन्, जसले युजर एक्सपिरियन्सलाई सुन्दर बनाउने सुनिश्चित गरेको छ । 

ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले युवा प्रयाेगकर्तालाई लक्षित गर्दै नयाँ स्मार्टफाेन ल्याउने क्रम जारी गरेकाे छ । बजारमा आधुनिक डिजाइन र फिचरसहित नयाँ स्मार्टफोन निरन्तर ल्याउने कम्पनीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४