close

आईओटी र मसिन टु मसिनका लागि फ्रिक्वेन्सी छुट्याउँदै प्राधिकरण

टेकपाना टेकपाना

फागुन २०, २०७७ १२:२७

आईओटी र मसिन टु मसिनका लागि फ्रिक्वेन्सी छुट्याउँदै प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट अफ थिङ्स(आईओटी) र मसिन टु मसिनका लागि आवश्यक फ्रिक्वेन्सी छुट्याउने भएको छ ।

आईओटी र मसिन टु मसिन अर्थात उपकरणहरुबीच डेटा आदानप्रदान गर्न आवश्यक पर्ने फ्रिक्वेन्सीका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् ।

कार्यक्रममा बोल्दै खनालले भने, ‘प्राधिकरणले हाल आईओटी र मसिन टु मसिनका लागि आवश्यक पर्ने फ्रिक्वेन्सीका लागि प्रक्रिया अगाडी बढाएको छ । यो विषयमा छिट्टै आवश्यक निर्णय हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१