काठमाडौं । डिश मिडिया नेटवर्कले राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने मेयर कप पुरुष (एक दिवसीय) २०७७ क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । त्यसका लागि डिश मिडिया नेटवर्क र क्यानबीच सम्झौता भएको छ ।
काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ देखि सुरु हुने मेयर कपमा तीन विभागीय टोलीका साथ बागमती प्रदेश र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फागुन २९ गतेसम्म चल्ने प्रतियाेगिताका खेल डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण हुनेछ ।