काठमाडौ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरी सम्मान गरेकी हुन् ।
कार्यक्रममा महिला राइडरहरुले आफ्नो अनुभव आदनप्रदान समेत गरेका थिए । महिला सशक्तीकरणको महत्त्वपूर्ण माध्यम रोजगारी भएको हमालले बताइन् ।
‘पठाओमा आवद्ध भएर महिला दिदी बहिनी सक्रिय भएको देख्दा खुसी लागेको छ,’ उनले भनिन् । पठाओ नेपालमा हाल करिब एक हजार छ सय जना महिला राइडर आवद्ध छन्।
जसमध्ये करिब तीन सय राइडर दैनिक रुपमा सक्रिय रहेको र उनीहरुको औषत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन्।