काठमाठौं । पछिल्लो समय व्यवसाय बढाउन कम्पनीहरुले फर्जी फाइभ स्टार गुगल रिभ्यु किन्ने क्रम बढेको छ । हालै बेलायती वाचडक संस्थाले गरेको एक अनुसन्धानमा एउटा उपभोक्ता समूहले फर्जी कम्पनी दर्ता गरेर झुटा फाइभ स्टार रिभ्यु खरिद गरेको पाइएको हो ।
साे समूहले आफ्ना फर्जी सेवाग्राहीहरुलाई बेलायतका दर्जनौं उच्च रेटिङ प्राप्त कम्पनहरुसँग जोड्न सक्छन् । याे समस्यालाई समाधान गर्न गुगलले त्यस किसिमको प्रविधिमा उल्लेखनीय स्तरमा लगानी गरेको बताएको छ ।
अहिले गुगल र अन्य रिभ्यु साइटहरुबीचकाे प्रतिस्पर्धा बढिरहेकाे छ । यही सन्दर्भमा गत वर्षको मे महिनादेखि नियामकले फेक अनलाइन रिभ्युमाथि अनुसन्धान थालेको हो ।
फर्जी रिभ्युलाई रोक्न नसकेको खण्डमा नियामकले यस्ता प्लेटफर्मविरुद्द कानूनी कदम उठाउने चेतावनी पनि दिँदै आइरहेको छ ।