close

ल्यापटप चलाउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

फागुन २६, २०७७ २३:४

ल्यापटप चलाउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

काठमाडाैं । आजको जमानामा ल्यापटप सामान्य भइसकेको छ । घर होस् वा कार्यालय, ल्यापटपले धेरै सजिलो बनाइदिएको छ । बोकेर हिँड्न सजिलो र यसभित्र धेरै सुविधा भएकाले पनि आजको सूचना प्रविधि युगमा ल्यापटप अभिन्न हिस्सा बनेको छ ।

ल्यापटप आफैमा एउटा ठूलो लगानी हो । तर ल्यापटप चलाउने हाम्रो कतिपय नराम्रो बानीले यसलाई छिट्टै बिगार्छ । यसलाई सुरक्षित र लामोसमय टिकाइराख्न राख्न चाहनुहुन्छ ?

ल्यापटपलाई कहिल्यै पनि काखमा नराख्नुहोस् । यस्तो बानीले तपाईंको ल्यापटपको लाइफस्पानलाई घटाउने काम गर्छ । कम्प्युटरको प्रोसेसर यसको मस्तिष्क हो । यसलाई तात्न दिनु हुँदैन । यो तात्यो भने कम्प्युटर चाँडै बिग्रिने हुन्छ । प्रोसेसरको फ्यान ल्यापटपको तल्लो भागमा हुने हुँदा काखमा राख्दा त्यो तातिन्छ ।

अर्काेतिर ल्यापटपले विभिन्न किसिमका विकिरणहरु उत्सर्जन गरिरहेको हुन्छ । यी उत्सर्जनहरु मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तपाईंको महत्वपूर्ण अंगले ल्यापटपबाट आउने यस्ता अस्वस्थ इलेक्ट्रोम्याग्नेटिक विकिरण लिन थाल्याे भने गम्भीर खतरा सिर्जना हुन सक्छ ।

यदि तपाईंले ल्यापटप काखमा राखेर चलाइरहनु भएको छ भने सबैभन्दा ठूला खतरा भनेकाे यसले तपाईंको प्रजनन अंगहरुलाई नराम्ररी हानी पुर्‍याउँछ, जसले प्रजनन क्षमतामा ह्रास ल्याउन थाल्छ ।

ल्यापटपले वायरलेस इन्टरनेट सिग्नल (माइक्रोवेब) ग्रहण गर्छ र वरपर इलेक्ट्राेनिक विकिरण पैदा गर्दछ । तपाईंको प्रजनन प्रणालीसँग यसको निकटताले पुरुष प्रयोगकर्ताको शुक्राणु गणना र महिलाको अण्डा निष्कासनमा जोखिम पैदा गर्न थाल्दछ ।

त्यस्तै सामान्यतया हामीहरु ल्यापटपलाई स्क्रिनपट्टिको भागबाट समाउने गर्छौं । तर यो बानी नराम्रो हो । आफ्नो ल्यापटपलाई सुरक्षित राख्न चाहनुहुन्छ भने ल्यापटपलाई त्यसरी उचाल्ने वा समाउने गर्नु हुँदैन ।

आफ्नो ल्यापटपलाई सधै ल्यापटप ब्यागमै बोक्ने गर्नुपर्छ । ल्यापटप ब्यागमा विशेष केश हुन्छ जसमा ल्यापटप राख्दा त्यसको संवेदनशील भागहरु सुरक्षित रहन्छन् ।

ल्यापटपमा कहिल्यै पनि एन्टिभाइरस इन्स्टल गर्न भुल्नु हुँदैन । यसले सिस्टममा आउने सुरक्षा कमजोरीबाट जोगाउँछ ।

ल्यापटपमा कहिल्यै पनि एकैपटक धेरै ट्याबहरु खोल्नु हुँदैन । यसले ल्यापटपमा भार पर्न जान्छ । यसकारण तपाईले ल्यापटपमा सधैं सिमित ट्याबहरु मात्रै खोल्ने बानी बसाउन जरुरी छ । 

कम्प्युटरमा कहिलेकाँही समस्या देखापरे त्यसलाई रिसेट गर्नुहोस् । विन्डोज १० मा सेटिङमा गएर अपडेट एण्ड सेक्युरिटीबाट रिकभरीमा जानुहोस् ।

त्यसबाट रिसेट दिस पिसी लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यसो गर्दै गर्दा तपाईंले आफ्नो फाइलहरु, डकुमेन्ट तथा फोटोहरु गुमाउने जोखिम भने रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१