काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको बीसीए र बीआईटी परीक्षा स्थगित भएको छ । इन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकाय अन्तर्गत सञ्चालित यी शैक्षिक कार्यक्रमको परीक्षा आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।
स्नातक तह अन्तर्गत दोस्रो, चौथो, छैठौं र आठौं सेमेस्टरको परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । कोभिड १९ का कारण पाठ्यक्रमअनुसार पुरा अध्ययन गर्न नपाएको भन्दै नेपाली कांग्रेस निकट नेविसंघले आन्दोलन गरेको थियो ।
अब परीक्षा कहिले हुनेबारे विश्वविद्यालयले कुनै सूचना दिएको छैन ।