काठमाडौं । थाइल्याण्ड प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजिज (थाइल्याण्ड) लाई ‘डिजिटल इन्टरनेशनल कर्पोरेशन अफ द इयर २०२०’ को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका छन् ।
प्रधानमन्त्री चाले ह्वावेका कार्यकारीलाई बधाई दिँदै थाइल्याण्डको प्रविधिमा ह्वावेले खेलेको भूमिकालाई धन्यवादसमेत दिएका छन् । योसँगै थाइल्याण्डमा यो पुरस्कार प्राप्त गर्ने ह्वावे पहिलो अन्तर्राष्ट्रिय कम्पनी भएको छ ।
प्रधानमन्त्री चाले अवार्ड हस्तान्तरण गर्दै आगामी दिनमा थाइल्याण्डको डिजिटल विकासमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नसमेत ह्ववालाई आग्रह गरेका छन् ।
उनले आफ्नो सरकारले फाइभजी र एआई प्रणालीमार्फत देशमा व्यवसायिक अवसरहरू सिर्जना गर्ने पनि बताए ।