close

नेपाली बजारमा आउँदो मंगलबार सार्वजनिक हुँदै ओप्पो एफ१९प्रो

टेकपाना टेकपाना

फागुन २८, २०७७ १५:३९

नेपाली बजारमा आउँदो मंगलबार सार्वजनिक हुँदै ओप्पो एफ१९प्रो

काठमाडौं । ओप्पोले नेपाली बजारमा चैत ३ गते मंगलबार आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१९प्रो सार्वजनिक गर्ने भएकाे छ । एक विशेष कार्यक्रम गर्दै कम्पनीले नेपाली प्रयाेगकर्ताका लागि नयाँ फाेन ल्याउने भएकाे हाे ।

कार्यक्रममा ओप्पोकी ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्का, कलाकार तृष्णा गुरुङ्ग र नेपाली लोक वाद्यवादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफ सिरिज मार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ । शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोणसहित आफ्ना जीवनका स्मरणीय पलहरु कैद गर्न चाहनेका लागि याे फाेन डिजाइन गरिएकाे बताइएकाे छ ।

फाेनमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड-एंगल क्यामेरा, २एमपी म्याक्राे क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ ।

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट-फेसिङ क्यामेराको प्रयोग गरिएको छ ।

उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष ब्यवस्था गरेको छ ।

अल्ट्रा स्लिम बडी डिजाइनः
अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ१९प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कर्भ्ड ब्याट्री र ७.८एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम कायम गरिएको छ ।

हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् “यू होल्ड इट, यूल् लभ ईट” भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।

डिस्प्लेः
ओपो एफ१९ प्रोमा ९०.८% स्क्रिन-टू-बडी रेसियो र ईन-डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३(ईञ्च पञ्च(होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । यसले गर्दा गेमिङ होस् वा टीभी शोको मनोरञ्जन प्रयोगकर्ताले सन्तोषपूर्ण अनुभूति गर्न सक्नेछन् ।

३०वाट भोक फ्ल्याशचार्ज ४.०
तीव्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।

उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा युट्युब हेर्न सकिन्छ । एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढुक्क भई १६ घण्टासम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१