काठमाडौं । वानप्लसले स्मार्टवाच ल्याउने भनेर लामो समयदेखि नै समाचार आइरह्यो । अब भने कम्पनी स्वयमले प्रतिक्षाको समय सकिन लागेको संकेत गरेकाे छ ।
कम्पनीले ट्वीटरमा एउटा छोटो भिडियो शेयर गर्दै पहिलाे स्मार्टवाच सार्वजनिक गर्ने संकेत गरेकाे छ । भिडियाेकाे क्याप्सनमा लेखिएकाे छ, ‘यु आक्स्ड फर इट । यु आर गेटिङ इट ।’ यही ट्वीटका आधारमा कम्पनीले मार्च २३ मा स्मार्टवाच ल्याउने संकेत दिएको हो ।
https://twitter.com/OnePlus_IN/status/1370374798174425089?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1370374798174425089%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.gsmarena.com%2Foneplus_watch_launch_date-news-48193.php
कम्पनीले मार्च २३ अर्थात चैत १० गते वानप्लस नाइन सिरिज सार्वजनिक गर्दै छ । यही लञ्च इभेन्टकाे अवसर पारेर कम्पनीले पहिलाे स्मार्टवाच ल्याउने अनुमान गरिएकाे छ ।
वानप्लस वाचमा हेल्थ, फिटनेश र स्लिपिङ ट्रयाकिङ फिचर रहने बताइएकाे छ ।
याे पनि पढ्नुहाेस् :
वानप्लस नाइन सिरिजका स्मार्टफोन चैत १० मा सार्वजनिक हुने
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
