close

भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने एप

टेकपाना टेकपाना

चैत १, २०७७ ९:२

भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने एप

काठमाडौं । अब भारतबाट मोबाइल एपमार्फत नै नेपालमा पैसा पठाउन सकिने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भारतको बैंकअनअससँगको सहकार्यमा रेमिट्यान्स सुविधाको रुपमा ‘पैसा पठाउने’ एप सार्वजनिक गरेको हो ।

यो एपमार्फत भारतमा रहेका नेपालीले मोबाइल फोनबाटै २४ घण्टाभित्र नेपालमा पैसा पठाउन सक्नेछन् । एपको प्रयोगमा छिटो, सुरक्षित र भरपर्दो रुपमा पैसाको कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यसबाट विदाका दिनमा समेत यो एपमार्फत नेपालमा पैसा पठाउन सम्भव हुने बताइएको छ । ‘पैसा पठाउने’ एपले यूपिआई, गुगल पे, फोनी पे, पेटीएम, ह्वाट्सएप जस्ता डिजिटल मोबाइल भुक्तानी प्लेटफर्मलाई पनि सपोर्ट गर्दछ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार ‘पैसा पठाउने’ एपले भारतमा रहेका नेपालीलाई पैसा बचत गर्न समेत मद्दत गर्नेछ। यो एपमार्फत एक पटकमा ५० हजार भारतीय रुपैयाँसम्म पठाउन सकिन्छ । साथै यसबाट वर्षमा १२ पटक नेपाल पैसा पठाउन सकिने बैंकले उल्लेख गरेको छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१