close

अश्लीलता फैलाएको भन्दै पाकिस्तानमा पुनः टिकटकमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

चैत १, २०७७ १२:५३

अश्लीलता फैलाएको भन्दै पाकिस्तानमा पुनः टिकटकमाथि प्रतिबन्ध

काठमाडौं । भिडियो शेयरिङ एप टिकटकले देशभित्र अश्लीलता फैलाएको भन्दै पाकिस्तानले पुनः प्रतिबन्ध लगाएको छ । अनैतिक र आपत्तिजनक भिडियो सामग्रीले प्रशय पाएको भन्दै पाकिस्तान सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि पाकिस्तानले गएको अक्टोरबमा पहिलोपटक टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला समेत पाकिस्तान सरकारले अनैतिक र आपत्तिजनक भिडियो सामग्रीको बिगबिगी भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

तर, उक्त समयमा टिकटकको अभिभावक कम्पनी बाइटडान्सले त्यस्ता भिडियोमा नियन्त्रण गर्ने बताएको थियो । त्योसँगै खोलिएको टिकटकलाई अहिले पुनः प्रतिबन्ध गरिएको छ ।

पाकिस्तानको प्रान्तीय अदालतको निर्देशनपश्चात पाकिस्तानको दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई टिकटकमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको हो ।

योसँगै अब पाकिस्तानी टिकटक प्रयोगकर्ताले टिकटक प्रयोग गर्न नपाउने भएका हुन् । अदालतको उक्त निर्णयमा टिकटकले आपत्तिजनक, अनैतिक, सामग्रीमा कुनै पनि कदम नचालेको जनाएको छ । त्यसैले टिकटकलाई पुनः प्रतिबन्ध गरिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१