close

आईटी पढ्न ७३ विद्यार्थीले छात्रवृत्ति पाउने

टेकपाना टेकपाना

चैत ३, २०७७ १३:०

आईटी पढ्न ७३ विद्यार्थीले छात्रवृत्ति पाउने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठनको रुपमा परिचित क्यान महासंघले सञ्चालन गरेको राष्ट्रिय आईसीटी छात्रवृत्ति कार्यक्रम अन्तर्गत ७३ विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । यसका लागि महासंघले राजधानीस्थित मैतिदेवीमा रहेकाे सनवे इन्टरनेश्नल बिजनेश स्कुलसँग सहकार्य गरेकाे छ ।

आइतबार आयोजित एक कार्यक्रममा क्यान महासंघ र सनवे कलेजबीच छात्रवृत्ति कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भयो । यसअन्तर्गत ३ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ भने ७० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ ।

छात्रवृत्ति कार्यक्रमका संयोजक एवं क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासियाले आंशिक छात्रवृत्ति अन्तर्गत ५० देखि ७० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने बताए । उनका अनुसार याे छात्रवृत्ति गरीब तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिन्छ ।

सनवे कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले छात्रवृत्ति पाएका विद्यार्थीहरुले कलेजमा सञ्चालित ब्याचलर अफ कम्प्युटर साइन्स कार्यक्रम अध्ययन गर्न पाउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१