काठमाडौं । १६ वर्षअघि सुरू भएकाे गुगल म्यापमा अहिले धेरै फिचरहरु आइसकेका छन् । यसले तपाईंलाई नौलो भूगोलमा सडक पत्ता लगाउन मात्र होइन, कुनै सामाजिक सञ्जालले जस्तै गरी तपाईंका साथीभाइ, परिवार र अन्य गुगल म्याप प्रयोगकर्तालाई पनि जोड्न सहयोग गर्दछ ।
यसमा तपाईंले आफ्नो गुगल म्याप्स प्रोफाइल कन्फिगर गरेर अन्य यात्रीलाई पनि सहयोग गर्न सक्नुहुन्छ । जुन यस एपमा उपलब्ध सोसल नेटवर्किङ फिचर हो । यो फेसबुक र स्नापच्याटजस्तो त छैन, यद्यपि यो एउटा सामाजिक सञ्जालजस्तै छ ।
गुगल म्याप प्रोफाइललाई सम्पादन गर्नुहोस्
यदि तपाईंको गुगल म्याप प्रोफाइल हुन्छ भन्ने कुरा थाहा छैन भने थाहा पाइराख्नुहाेस् । यो तपाईंको प्रोफाइल हो, जसलाई अरुले देख्न सक्छन् । जब कसैले तपाईंले दिएको रेटिङ, रिभ्यु र म्यापमा राख्नुभएको तस्वीर देखेर तपाईंलाई फलाे गर्दछ, तब उसले तपाईंको प्रोफाइललाई देख्नेछ ।
यदि तपाईं आफ्नो प्रोफाइललाई सम्पादन गर्न चाहनुहुन्छ भने एन्ड्रोइड वा आईफोनमा गुगल म्याप एप खोल्नुहोस् । अब कन्ट्रिब्युटमा ट्याप गरी भ्यू योर प्रोफाइल हुँदै इडिट प्रोफाइलमा जानुहोस् ।
त्यहाँ तपाईंले आफ्नो फोटो र नामहरु परिवर्तन गर्नुका साथै दुई सय अक्षरसम्मको छोटो बायो पनि लेख्न सक्नुहुन्छ । त्यहाँ आफ्नो बारेमा र आफूलाई मनपर्ने ठाउँको बारेमा लेख्न गुगलले सुझाव दिन्छ ।
यसमा रहने तपाईंका सम्पूर्ण जानकारीहरु वास्विक गुगल अकाउन्टको जस्तै हुन्छ । गुगल म्यापमा जानकारी परिवर्तन गरेपछी त्यो जिमेलमा पनि परिवर्तन हुन्छ ।
लोकल गाइडबाट अपडेट पाउनुहोस्
यी प्रोफाइलले गुगल म्यापमा अर्को फीचरलाई खुल्ला गरिदिन्छ । अरुलाई फलाे गर्न र आफूलाई फलाे गराउन सक्नुहुन्छ । यसबाट तपाईंले आफूलाई आवश्यक व्यक्तिहरु, स्थानीय विज्ञ तथा आफ्ना साथीभाइ आफन्तजनलाई फलाे गर्न सक्नुहुन्छ ।
यदि तपाईं पनि कसैलाई फलाे गर्न चाहनुहुन्छ भने एन्ड्रोइड वा आईओएसमा रहेका रेटिङ वा रिभ्युमा उनीहरुको नाममा ट्याप गर्नुहोस् र फलाे चयन गर्नुहोस् ।
आफ्नो फलाेअर्सहरुलाई हेर्न गुगल म्यापभित्र भएका शर्टकटहरु प्रयोग गर्नुहोस्: कन्ट्रिब्यूट क्लिक गरी भ्यू योर प्रोफाइलमा ट्याप गर्नुहोस् । अब फलाेअर्स लिङ्कलाई ट्याप गर्नुहोस् । यसो गर्दा तपाईंले आफ्ना फलाेअर्स देख्न सक्नुहुन्छ ।
साथै यसैमा आफूले फलाे गरेका मानिसहरु पनि देख्न सकिन्छ । अनावश्यक व्यक्तिहरुलाई यसैबाट अनफलाे गर्न पनि सकिन्छ ।
नयाँ फल्लोअर्सहरुलाई मेनुअल्ली अप्रुभ गर्न इडिट प्रोफाइलमा ट्याप गर्नहोस् र प्रोफाइलबाट प्रोफाइल एण्ड प्राइभेसी सेटिङमा ट्याप गर्नुहोस् । यति गरिसकेपछि रिस्ट्रिक्टेड प्रोफाइललाई टोगल स्वीचबाट टर्न अन गर्नुहोस् ।
यति गरेपछि तपाईंको प्रोफाइल रेस्ट्रिक्ट हुन्छ र तपाईंका फलाेअर्स र फलाे गरिरहेका व्यक्तिहरुले मात्र गुगल म्यापमा तपाईंका रेटिङ रिभ्युहरुलाई देख्न सक्छन् ।
न्युज फिडको प्रयोग
यदि तपाईंले गुगल म्याप मोबाइल एपमा अपडेट र फो यू ट्याप गर्नुभयो भने तपाईंले त्यहाँ शर्ट्सको न्युज फिड देख्न सक्नुहुन्छ । तपाईंले फल्लो गरिरहेको व्यक्ति र व्यवसायहरुको अपडेट त्यहाँ देखा पर्नेछ । साथै गुगल एल्गोरिदमले तपाईंको रुचि भएको विषय ठहर गरेर त्यसको अपडेट पनि तपाईंलाई प्रदान गर्दछ । उदाहरणका लागि स्थानीय रेस्टुरेन्टको मेनु ।
फिडले काम गर्ने तरिकामा सम्पादन गर्न चाहनुहुन्छ भने फिडको माथिल्लो दायाँ कुनामा रहेको तीन डटमा ट्याप गर्नुहोस् । त्यहाँ तपाई आफ्नो रुचि र अरुचिको क्षेत्रलाई पनि विशिष्टिकृत गर्न सक्नुहुन्छ । कुन अपडेट तपाईंको रुचि र स्वादसँग मिल्छ र कुन मिल्दैन भन्ने कुरा पनि छुट्याउन सक्नुहुन्छ ।
यदि तपाईंले एक्सप्लोर ट्याब खोल्न ट्याप गर्नुभयो भने त्यस ट्याबभित्र भएका सम्पूर्ण जानकारीहरु बाहिर आउने छन् । त्यहाँ तपाईले आफ्नो आफ्नो तत्कालिन लोकेसनका अपडेट सूची पनि देख्नुहुनेछ ।
हामीलाई देखाइने फोटो र अपडेटका दुई स्क्रिन पनि ओभरल्याप भएको त्यहाँ देखिन्छ । यदि तपाईं आफू कहिल्यै नपुगेको नयाँ ठाँउमा जानुभएको छ भने एक्सप्लोर ट्याब एकदमै उपयोगी सावित हुनेछ ।
रेटिङ्स र रिभ्यूज थप गर्नुहोस्
आफू पुगेको ठाउँहरुको रिभ्यू र रेटिङ गर्ने फिचर गुगल म्यापमा पहिलेदेखि नै थियो । यदि तपाईंले एपभित्र गएर कन्ट्रिब्यूट ट्याब खोल्नुभयो भने त्यहाँ तपाईं पछिल्लो पटक पुगेको र रेटिङ वा रिभ्यु नदिएको ठाउँहरु देख्नुहुनेछ । त्यहाँ ठाउँको नाममा ट्याप गर्नुहोस् र आफूलाई कस्तो लाग्यो त्यो लेखेर छोडिदिनुहोस् ।
त्यहाँ तपाईले राइट रिभ्यु र एड फोटो बटन पनि प्रयोग गर्न सक्नुहुन्छ जुन स्क्रिनको माथि हुन्छ । त्यहाँबाट म्यापमा रहेका जुनसुकै ठाउँको रेटिङ वा तस्वीर राख्न सकिन्छ । सकेसम्म त्यहाँ तस्वीर प्रयोग गरेको राम्रो, किनभने त्यसले उक्त भूगाेलको विश्वासनीय रिभ्यु प्रदान गर्दछ ।
तपाईंले म्यापभित्र जुनसुकै ठाउँमा ट्याप गरी त्यहाँको इन्फर्मेसन कार्ड निकाल्न सक्नुहुन्छ र रेटिङ, रिभ्यू वा फोटो राखिदिन सक्नुहुन्छ । यदि तपाईंले अगाडि नै जानकारी राखी सक्नुभएको छ भने त्यही स्क्रिनमा त्यसलाई सम्पादन पनि गर्न सक्नुहुन्छ । यसका लागि कन्ट्रिब्युसन क्लिक गरी सी कन्ट्रिब्यूसन मा ट्याप गर्नुहोस् ।
लोकेसन शेयर गर्नुहोस्
आफू कहाँ छु भन्ने कुरा साथीभाइलाई बताउन तपाईंले लोकेसन पनि शेयर गर्न सक्नुहुन्छ । यो सुन्दा गोपनीयताका लागि निकै गम्भीर विषय जस्तो देखिन्छ । तर यो जानकारी कसलाई दिने र कसलाई नदिने भन्ने कुरा आफूले नियन्त्रण गर्न सकिन्छ ।
लोकेसन शेयर गरेपछि कोही व्यक्ति कता छ भन्ने कुरा सजिलै देख्न सकिन्छ । बालबालिका विद्यालयमा छन् कि छैनन् भेटघाट गर्नुपर्ने साथीभाइ कता छन् ती सबै कुरा देख्न सकिन्छ ।
यसका लागि गुगल म्याप एपभित्र आफ्नो प्रोफाइल पिक्चर (माथिल्लो दायाँ) ट्याप गर्नुहोस् । अनि यसलाई सेटअप गर्न लोकेसन शेयरिङ मा ट्याप गर्नुहोस् ।
अब न्यू शेयर बटन ट्याप गर्नुहोस् । अब कसलाई र कति समयसम्म आफ्नो लोकेसन शेयर गर्ने हो त्यो निर्णय गर्न सक्नुहुन्छ । यस्तो किसिमको रियल-टाइम लोकेसनको लिङ्क तपाईंले म्यासेन्जर जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एप वा गुगल म्यापबाटै पनि गर्न सक्नुहुन्छ ।
लोकेसन शेयरिङ स्क्रिनमा फर्केर आफ्नो सम्पर्क सूचीमा भएकामध्ये कसले अहिले आफ्नो लोकेसनलाई हेर्न पाइरहेको छ, त्यसलाई हेर्नुहोस् । यदि तपाईंले मुख्य म्याप खोल्नुभयो भने तपाईंलाई लोकेसन शेयर गरेका व्यक्तिहरुलाई तपाईंले सानो-सानो पिनमा देख्न सक्नुहुन्छ ।