close

अब इन्टरनेको प्याकेज सकिँदा समेत नागरिक एप प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

चैत ३, २०७७ १५:२७

अब इन्टरनेको प्याकेज सकिँदा समेत नागरिक एप प्रयोग गर्न सकिने

काठमाडौं । अब फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटमा प्याकेजको अवधि सकिएपनि नागरिक एप प्रयोग गर्न सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘सरकारले सबै सरकारी सुविधा एउटै एपबाट दिनेगरी ल्याएको नागरिक एप इन्टरनेटको प्याकेज सकिएको अवस्थामा समेत चलाउन सकिने बनाउन सकिन्छ’, ‘उनले भने, ‘यसका लागि सरकारले निर्देशन देओस्, हामी लागू गर्न तयार छौं ।’

नेपाल टेलिकम र एनसेलले नागरिक एप प्रयोग गर्दा यसअघि नै मोबाइल डेटा शुल्क नलाग्ने सुविधा दिन थालिसकेका छन् । त्यसक्रममा सञ्चारमन्त्री गुरुङले मन्त्रालयका सचिव हरिप्रसाद बस्याल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई आवश्यक निर्देशन दिन आग्रह गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१