close

गुगल म्यापका ८ लोकेसन, जुन तपाईंलाई हेर्ने अनुमति छैन

टेकपाना टेकपाना

चैत ३, २०७७ २१:८

गुगल म्यापका ८ लोकेसन, जुन तपाईंलाई हेर्ने अनुमति छैन

काठमाडौं । तपाईं हामीलाई लाग्न सक्ला गुगल म्यापबाट त हामी दुनियाँको सबै ठाउँ पुग्न सक्छौ । अनि स्याटेलाइट भ्युमार्फत त्यहाँ भएका धेरै कुराको जानकारी लिन सक्छौं ।

यो कुरा धेरै हदसम्म सत्य पनि हो । किनभने गुगलले म्यापले नसमेटेको सायदै थोरै ठाउँ होला । यस्तोमा त गुगल म्यापमा समेटिएका सबै ठाउँहरु हेर्न सकिन्छ भन्ने पनि तपाईंलाई लाग्न सक्छ । तर, विश्वमा केही त्यस्ता स्थान छन, जहाँ गुगल म्यापमा जानकारी भएता पनि तपाईंले हेर्न सक्नुहुने छैन ।

त्यस्तै ८ स्थानका बारेमा यहाँ हामी चर्चा गर्दैछौं । जहाँको लोकेसनमा गुगलले कि त तपाईंलाई एक्सेस दिने छैन अथवा त्यहाँको स्याटेलाइट भ्युमा ब्लर गरिएको हुनेछ ।

१. मोरुरोआ, फ्रेन्च पोलिनेसिया (Moruroa, French Polynesia)

फ्रान्सको पोलिनेसियामा रहेको याे गोलो आकारको टापु हो । जुन दक्षिणी प्रशान्त महासागरमा पर्छ । यो स्थान गुगलमा ब्लर गरिएको छ । यसको कारण उक्त टापुको इतिहास आणविक हतियारसँग जोडिएको छ ।

Google Maps Moruroa

फ्रान्सले उक्त टापुमा सन् १९६६–१९९६ सम्म धेरै ठूलो मात्रामा आणविक हतियारको परीक्षण गरेको उल्लेख गरिएको छ । जसले गर्दा उक्त स्थानलाई ब्लर गरी सुरक्षित गरिएको जनाइएको छ ।

२. २०७ साइमोर एभिन्यु, ओहायो (2207 Seymour Avenue, Ohio)

यो अमेरिकामा रहेको एउटा घर हो । जहाँ डरलाग्दो बलत्कारको घटना भएकाे थियो । एरियल क्यास्ट्रो नामक एक व्यक्तिको उक्त घरमा उनले २००२ देखि २००४ मा तीन जना युवतीलाई अपहरण गरी बलत्कार गरेका थिए ।

अपहरण भएका मध्ये एक जना युवती उनको पञ्जाबाट उम्किएर भाग्न सफल भएकी थिइन् । त्योसँगै उनलाई प्रक्राउ गरिएको थियो । उनी सन् २०१३ सम्म जेलमा बसे ।

त्यसपश्चात उनलाई अदालतले जन्म कैद र त्यसपश्चात पनि एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त निर्णय भएको एक महिनापछि उनले आत्महत्या गरे । उनको उक्त डरलाग्दो क्रियाकलाको विरुद्दमा गुगलले उक्त घर सधैंका लागि म्यापमा हेर्नबाट बन्देज गरेको हो ।

३. स्टकटन–अन–टिजमा रहेको एउटा घर (A house in Stockton-on-Tees)

हालसम्म उक्त घरलाई गुगल म्यापमा किन सेन्सर गरियो भन्ने विषय बाहिर आएको छैन । त्यहाँ बस्ने एक जना व्यक्तिले आफू त्यहाँ सन् २००२ देखि बस्दै आएको भएता पनि गुगल म्यापमा भने ब्लर गरिएको बताएका छन् ।

४. जेनेट टापु, रसिया (Jeanette Island, Russia)

पुर्वी साइबेरियन समुद्रभित्र रहेको उक्त टापु जम्मा १.२ माइलको रहेको छ । जसको सतह प्रायजसो बरफले ढाकिएको हुन्छ । यसलाई ब्लर गरिनुको कारण यो टापु अमेरिकाको हो वा रुसको भन्ने विषय लामो समयदेखि चल्दै आएको छ ।

५. उत्तर कोरिया (North Korea)

यसमा आनौठो मान्नुपर्ने कुनै कारण छैन् होला । उत्तर कोरियो विश्वकै सबैभन्दा प्राइभेट देश हो । जहाँको हरेक भूभाग गुगल म्यापमा ब्लर गरिएको छ ।

Kim Jong Un
६. अंचिट्का टापु , अलस्का(Amchitka Island, Alaska)

अमेरिकामा रहेको यो टापुमा सन् १९५० देखि १९७० सम्म अमेरिकाको अण्डरग्राउण्ड आणविक हतियारको परीक्षण गरिएको थियो । हाल उक्त स्थानमा कतै रेडियोएक्टिभ चुहावट रहेको छ कि भनी अध्ययन भइरहेको छ ।

त्यसैले पनि उक्त स्थानलाई गुगल म्यापमा ब्लर गरिएको हो । यदि त्यस्तो केही नभेटिएको खण्डमा त्यसको केही भाग वन्यजन्तु आरक्षणका लागि सन् २०२५ बाट खुल्ला गरिने जनाइएको छ ।

७. ग्रिकको आर्मी क्याम्प (Greek Military Base)

ग्रिकको एथेन्समा रहेको उक्त आर्मी क्याम्प गुगल म्यापमा किन ब्लर गरियो भन्ने विषय आधिकारिक रुपमा आएको छैन । तर, देशको राष्ट्रिय सुरक्षालाई लिएर उक्त क्याम्पमा ब्लर गरिएको हुने सक्ने आँकलन हुँदै आएको छ ।

Google Maps
८. फ्रेन्च न्युक्लियर फ्यासिलिटी (French Nuclear Facility)

फ्रान्समा रहेको आणविक हतियारका लागि आवश्यक पर्ने इन्धन प्रशाेधन गर्ने केन्द्र अरेभा ला हेगको धेरैजसो भाग ब्लर गरिएको छ । सन् १९७६ देखि सञ्चालनमा आएको उक्त केन्द्रले सधैं आलोचना खेप्दै आएको छ ।

पर्यावरण संरक्षणमा काम गर्ने समूहले लामो समयदेखि उक्त केन्द्र बन्द गर्नुपर्ने भनी माग राख्दै आएका छन् । साे केन्द्रमार्फत हरेक दिन १० लाख लिटर तरल रेडियोएक्टिभ फोहोर समुन्द्रमा खसालिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१