काठमाडौं । नेपालमा पछिल्लो समय सूचना प्रविधिका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । कतिपय इन्जिनियरिङसँग सम्बन्धित छन् भने कतिपय कम्प्युटर साइन्ससँग सम्बन्धित छन् ।
स्नातक तहमा इन्जिनियरिङतर्फ अधिकांश विश्वविद्यालयले बीई कम्प्युटर सञ्चालन गरिरहेका छन् । विशुद्ध सूचना प्रविधिका पाठ्यक्रम भने कम्प्युटर साइन्सअन्तर्गत तयार गरिएको पाइन्छ । तर पोखरा विश्वविद्यालयले सूचना प्रविधि (आईटी)मै इन्जिनियरिङ गर्न चाहने विद्यार्थीका लागि पृथक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सन् २००१ मा विश्वविद्यालयले सुरु गरेको बीईआईटी अर्थात ब्याचलर अफ इन्जिनियरिङ ईन इन्फर्मेशन टेक्नोलोजी कार्यक्रम सुरूवात गरेकाे हाे । कम्प्युटर, कम्युनिकेसन र सफ्टवेयर इन्जिनियरिङका काेर्ष समायाेजन गरी याे कार्यक्रम तयार पारिएकाे छ ।
हाल पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ललितपुरका तीन निजी क्याम्पसहरु नेपाल कलेज अफ इन्फर्मेशन एण्ड आईटी (एनसीआईटी), कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र एभरेस्ट इन्जिनियरिङ कलेजमा याे काेर्ष सञ्चालन भइरहेकाे छ ।
साथै निकट भविष्यमा बीईआईटी कार्यक्रम नेपालगञ्जमा पनि विस्तार गर्ने तयारी रहेको एनसीआईटीका क्याम्पस प्रमुख एवं पोखरा विश्वविद्यालय बीईआईटी पाठ्यक्रम विकास समूहका सदस्य निरञ्जन खकुरेल बताउँछन् ।
विज्ञान तथा प्रविधि संकायअन्तर्गत रहेको यो कायर्क्रमले नेपाल इन्जिनियरिङ काउन्सिलबाट समेत मान्यता पाइसकेको बताउँदै उनले याे काेर्ष अध्ययन गरेका विद्यार्थीहरुले आईटी इन्जिनियर ग्राजुएटका रुपमा मान्यता पाउने उनी बताउँछन् ।
अहिलेको समयमा ठूलो सम्भावना बोकेर उदय भइरहेको सूचना तथा सञ्चार प्रविधि उद्योगका आवश्यकतालाई पुरा गर्न याे पाठ्यक्रम तयार पारिएकाे खकुरेल बताउँछन् ।
याे काेर्ष अध्ययन गर्न चाहने विद्यार्थीहरुले उच्च माध्यमिक तहमा अनिवार्य विज्ञान विषय पढेको हुनुपर्दछ । प्लस टुमा बायो विषय पढ्नेले समेत यो विषय अधययन गर्न पाउँछन् । तर यसका लागि विद्यार्थीले सबै विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याएको हुनुपर्दछ ।
चार वर्षको आठ सेमेस्टरमा पठनपाठन भइरहेको यस विषयमा अध्ययन पुरा गर्न १० देखि ११ लाखसम्म खर्च हुने खकुरेलले जानकारी दिए ।
हाल यस विषय नेपालभर जम्मा तीनवटा कलेजमा मात्र पठनपाठन भइरहेका कारण यसमा विद्यार्थी काेटा १९२ रहेकाे छ । जसमा एनसीआईटीमा ९६ र बाँकी दुई कलेजमा ४८/४८ काेटा रहेको खकुरेलले बताए ।
बीईआईटी विषयमा छात्रावृत्तिको कुरा गर्दा पोखरा विश्वविद्यालयले लिने प्रवेश परीक्षामा शीर्ष अङ्क ल्याउने शीर्ष १० विद्यार्थीले कलेजहरुमा निःशुल्क अध्ययन गर्न पाउँछन् ।
यस्तै कलेजले समेत प्रवेश परीक्षा र उच्च माध्यमिक तहमा राम्रो अङ्क ल्याउने विद्यार्थीलाई ३० प्रतिशतसम्म छात्रावृत्ति दिने गरेको खकुरेलले बताए ।
याे काेर्ष पढेका विद्यार्थी भविष्यमा सूचना प्रविधि उद्याेगमा सहजै बिक्न सक्ने उनले जनाए । उनका अनुसार बीईआईटी अहिलेको समयको माग भएको कारण विद्यार्थीको रुचि पनि बढ्दाे छ । पोखरा विश्वविद्यालयअन्तर्गत वर्षेनि करिब दुई सय विद्यार्थी यस विषयबाट दिक्षित भइरहेका छन् ।
यस्ताे छ पाठ्यक्रम
पहिलाे सेमेस्टर
इन्जिनियरिङ म्याथमेटिक्स (I)
फिजिक्स
कम्युनिकेसन टेक्निक्स
प्रब्लेम सल्भिङ टेक्निक्स
बेसिक इलेक्ट्रिकल इन्जिनियरिङ
प्रोग्रामिङ इन सी
दाेस्राे सेमेस्टर
इन्जिनियरिङ म्याथमेटिक्स (II)
नेटवर्क थ्याेरी
म्याथमेटिकल फाउण्डेसन अफ कम्प्युटर साइन्स
इलेक्ट्रोनिक डिभाइस
इन्जिनियरिङ ड्रइङ
अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ इन C++
तेस्रो सेमेस्टर
इन्जिनियरिङ म्याथमेटिक्स (III)
लजिक शर्किट्स
डेटा स्ट्रक्चर एण्ड एल्गोरिदम्स
प्रोबाबिलिटी एण्ड क्विङ थ्याेरी
वेब टेक्नोलोजी
इलेक्ट्रोनिक शर्किट एण्ड इन्स्ट्रुमेन्टेसन
चौंथो सेमेस्टर
इन्जिनियरिङ म्याथमेटिक्स (IV)
माइक्रो प्रोसेसर एण्ड एसेमब्ली ल्याङ्ग्वेज प्रोग्रामिङ
प्रोग्रामिङ इन जाभा
डेटा बेस म्यानेजमेन्ट सिस्टम
सफ्टवेयर इन्जिनियरिङ फाउण्डामेन्टल्स
प्रोजेक्ट (पहिलाे)
पाँचौं सेमेस्टर
अप्लाइड अपरेटिङ सिस्टम
न्युमेरिकल मेथड्स
कम्प्युटर अर्गनाइजेसन एण्ड आर्किटेक्चर
अर्गनाइजेसन म्यानेजमेन्ट
सिग्नल्स, सिस्टम एण्ड प्रोसेसिङ
प्रिन्सिपल अफ कम्युनिकेसन
छैठौं सेमेस्टर
कम्प्युटर ग्राफिक्स
कम्प्युटर नेटवर्क
इन्टेलिजेन्ट सिस्टम
इन्फर्मेसन सिस्टम्स
अब्जेक्ट ओरियन्टेड डिजाइन एण्ड मोडलिङ थ्रु यूएमएल
प्रोजेक्ट (दोस्रो)
सातौं सेमेस्टर
मल्टिमिडिया सिस्टम्स
k.T प्रोजेक्ट म्यानेजमेन्ट
बिजनेस प्रोसेस एण्ड आईटी स्ट्राटेजी
नेटवर्क प्रोग्रामिङ
टेलिकम्युनिकेसन्स
इलेक्टिभ (पहिलो)
आठौं सेमेस्टर
मोबाइल एण्ड वायरलेस कम्युनिकेसन
इन्जिनियरिङ इकोनोमिक्स
सोसल एण्ड प्रोफेसनल इस्युज इन आईटी
इलेक्टिभ (दोस्रो)
प्रोजेक्ट (तेस्रो)
इलेक्टिभ काेर्ष
मोबाइल एप्लिकेसन डेभलपमेन्ट
नेचुरल ल्याङग्वेज प्रोसेसिङ
एड्भान्स आईपी स्विचिङ एण्ड राउटिङ
एड्भान्स जाभा प्रोग्रामिङ
क्लाउड कम्प्युटिङ
डेटा माइनिङ एण्ड वेयरहाउसिङ
एड्भान्स्ड वेब टेक्नोलोजी
बिग डेटा
एड्भान्स IPV6
नेटवर्क सेक्युरिटी
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
