close

डिशहोमले ल्यायो ‘मधेश प्लस च्यानल’, स्थानीय भाषामै कार्यक्रम

टेकपाना टेकपाना

चैत ५, २०७७ १५:२९

डिशहोमले ल्यायो ‘मधेश प्लस च्यानल’, स्थानीय भाषामै कार्यक्रम

काठमाडौं । डिशहोमले मधेश प्लस च्यानल सञ्चालनमा ल्याएको छ । डिशहोमको च्यानल नं. ११९ मा हेर्न सकिने याे च्यानलबाट भोजपुरी चलचित्र, गीत, मैथली, थारुलगायतका मधेश क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषाभाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमलाई प्रथमिकताका साथ प्रसारण हुनेछ ।

मधेश प्लस च्यानलमा हरेक शुक्रबार राति ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिश्रृंखला, मिथिलाञ्चली प्रसारण भइरहेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा आएको राम्रो प्रतिक्रियासँगै मधेश प्लस च्यानलमार्फत डिशहोमले विभिन्न मधेश केन्द्रीत कन्टेन्ट प्रसारण गर्ने तयारी गरेको हो ।

डिशहोमका अनुसार उक्त च्यानलमा हरेक शनिबार दिउँसो १ बजे भोजपुरी भाषामा हलिउड चलचित्र प्रसारण गरिने छ । त्यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रशारण गरिरहेको छ । चाँडै यो च्यानलमा स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत प्रशारण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानल सञ्चालन गर्दै आएको छ । यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ ।

साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने जनाइएको छ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत प्रोत्साहन मिल्ने अपेक्षा डिशहोमले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१