close

कनेक्ट आईपीएसमार्फत अब एक दिनमा २० लाखसम्म काराेबार गर्न सकिने

टेकपाना टेकपाना

चैत ५, २०७७ १६:४७

कनेक्ट आईपीएसमार्फत अब एक दिनमा २० लाखसम्म काराेबार गर्न सकिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमा बढाएको हो ।

कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म काराेबार गर्न सकिने बनाएकाे छ ।

त्यस्तै एकपटकमा वेबसाइटबाट काराेबार गर्दा १० लाख र माेबाइल एपबाट काराेबार गर्दा एक लाख रूपैयाँ सीमा ताेकिएकाे छ ।

No description available.

अनलाइन भुक्तानीको प्रयाेग बढ्नुका साथै राम्रो प्रतिक्रिया आएका कारण राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर कम्पनीले कारोबार सीमा बढाएको हाे ।

नयाँ कारोबार सीमा परिवर्तन कनेक्ट आईपीएसले लागू गरिसकेको छ । परिवर्तित कारोबार सेवा कम्पनीका जोकोही सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

यस्तै शेयर बजार, ब्रोकर तथा क्यापिटल मार्केटका लागि कनेक्ट आईपीएसले करिब ७ महिनाअघि तय गरेको प्रतिदिनको एक करोड कारोबार सीमालाई पनि कम्पनीले निरन्तरता दिएको छ ।

यसअघि शेयर बजार कारोबारका लागि प्रतिदिनको कारोबार सीमा १० लाख रुपैयाँ थियो । 

याे पनि पढ्नुहाेस् :
कनेक्ट आईपीएसबाट रकम ट्रान्सफर कसरी गर्ने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१