close

ग्यालेक्सी एस २० सिरिजकाे नयाँ अपडेटमा क्यामेरा पर्फमेन्स सुधार

टेकपाना टेकपाना

चैत ६, २०७७ २०:५२

ग्यालेक्सी एस २० सिरिजकाे नयाँ अपडेटमा क्यामेरा पर्फमेन्स सुधार

काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी एस २० सिरिजमा नयाँ अपडेट ल्याएको छ । कम्पनीले एस २० सिरिजलाई मार्च सेक्युरिटी प्याचसहित वान यूआई ३.१ मा अपग्रेड गरेको दोस्रो दिन ग्यालेक्सी एस २०, एस २० प्लस र एस २० अल्ट्रामा पनि नयाँ अपडेट ल्याएको हो ।

नयाँ अपडेटमा फर्मवेयर भर्सन G98xxXXU7DUC7 छ र यो एकदमै ठूलो, करिब पाँच सय एमबीको छ । यसले फोनको क्यामेरा पर्फमेन्सलाई सुधार गर्ने बताइएको छ । तर क्यामेराको के कस्तो फिचरमा सुधार आउँछ भन्ने कुरा स्पष्ट बताइएको छैन ।

अधिकांश परिवर्तन इन्टर्नल फिचरमा हुनसक्ने सम्भावना छ । कम्पनीले फेस क्यामेरा फिचरभन्दा पनि इमेज प्रोसेसिङलाई बढाउन सक्ने सम्भावना छ । नयाँ अपडेटमा केही बग फिक्स हुनुका साथै डिभाइस स्टेबिलिटी सुधारहरु पनि देख्न पाइनेछ ।

यदि तपाईं पनि ग्यालेक्सी एस २० फोनको प्रयोगकर्ता हुनुहुन्छ र अपडेट गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले सेटिङमा गएर सफ्टवेयर अपडेट हुँदै डाउनलोड एण्ड इन्स्टलमा क्लिक गर्नुहोस् । 

तर अपडेट सबैतिर रोलआउट हुन समय लाग्ने हुँदा तपाईंले पनि पर्खनुपर्ने हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१