close

गोप्य डेटा चोर्न क्लबहाउसको फेक भर्सन, कतै तपाईं त शिकार हुनुभएन ?

टेकपाना टेकपाना

चैत ७, २०७७ १४:२०

गोप्य डेटा चोर्न क्लबहाउसको फेक भर्सन, कतै तपाईं त शिकार हुनुभएन ?

काठमाडौं । क्लबहाउस एउटा लोकप्रिय सामाजिक सञ्जाल एप हो । इन्भाइट गर्न मिल्ने अडियो सोसल एप क्लबहाउस यसै हप्ता एक वर्ष पुग्दैछ । यसबीच यसको डाउनलोड संख्या एक करोड ३० लाख पुगिसकेको छ ।

यो एन्ड्रोइड र आईओएसमा उपलब्ध छ । तर गुगल प्ले स्टोरमा भर्खरै एउटा फेक क्लबहाउस एप पनि फेला परेको छ । जसमा वास्तवमा ब्ल्याकरक माल्वेयर पाइएको छ ।

उक्त मेलिसियस एपले मोबाइलमा इन्स्टल भएको खण्डमा विभिन्न ४५० वटा एपहरुको लगइन क्रेडेन्शियल चोरी गर्नुका साथै एसएमएस आधारित टु फ्याक्टर अथेन्टिकेसनलाई पनि बाईपास गरिदिन सक्ने आयरल्याण्डस्थित ईएसईटीका अनुसन्धानकर्मी लुकास स्टिफान्कोले बताएका छन् ।

याे एप हेर्दा शतप्रतिशत ओरिजिनल क्लबहाउस एप जस्तै नै देखिन्छ । जसको डिजाइन र यूआईले सामान्य प्रयोगकर्ताहरुलाई सजिलै मुर्ख बनाउन सक्छ ।

उक्त फर्जी एपको वेबसाइट डिस्क्रिप्सन भने आईओएस भर्सनको जस्तै छ । एकपटक तपाईंले त्यसको बटनमा ट्याप गरी दिनुभयो भने त्यो स्वतः डाउनलोड हुन थाल्छ । यसको यूआरएलमा एचटीटीपीको सट्टा एचटीटीपीएस छ । र, यसको डोमेन डट कममा नभई डट मोबीमा अन्त्य हुन्छ ।

उक्त एपभित्र भएको ब्ल्याकरक ट्रोजनले प्रयोगकर्ताहरुको क्रेडेन्शियल चोरी गर्दछ । एकपटक यो फोनमा इन्स्टल भइसकेपछि अन्य शंकास्पद एप पनि लन्च हुन्छ, जसले प्रयोगकर्ताको क्रेडेन्शियल चोरी गरिदिन्छ । यसबाट ह्वाट्सएप, फेसबुक, ट्वीटर, अमेजन, नेटफ्लिक्सजस्ता एपका विवरण ह्याक हुनसक्छ ।

क्लब हाउसको लोकप्रियतालाई ध्यानमा राख्दै यसको क्लोन एप बनाएर प्रयोगकर्तालाई ह्याकरहरुले उल्लु बनाइरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१