close

रियलमीका सस्तो फोनमा पनि फाइभजी नेटवर्क उपलब्ध हुने

टेकपाना टेकपाना

चैत ८, २०७७ १७:३३

रियलमीका सस्तो फोनमा पनि फाइभजी नेटवर्क उपलब्ध हुने

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपालमा फाइभजी नेटवर्क सपाेर्ट गर्ने आर्टिफिसियल इन्टेलिजेन्स उपकरण विस्तार गर्ने याेजना ल्याएकाे छ । कम्पनीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफाेन, अडियो, वेयरेबल डिभाइस र स्मार्टटिभी देशभरका ग्राहकहरूमाझ ल्याउने लक्ष्य राखेको छ ।

‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्टफोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने याेजना अघि सारेकाे छ ।

‘आर्टिफिसियल इन्टेलिजेन्सकाे क्षेत्रमा रियलमीका दुई उत्पादनहरू रियलमी बड्सएयर र रियलमी वाच एस, अडियो र वेयरेबलकाे क्षेत्रमा लोकप्रिय र निकै सहुलियत दरमा उपलब्ध छन्, जसमा थुप्रै विशिष्ट विशेषता रहेका छन्,’ कम्पनीकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०२० को सुरुमै रियलमले सटिक र स्पष्ट भिजनका साथ अत्याधुनिक प्रविधि र ट्रेन्डसेट डिजाइनका लागि नेपालमा फाइभजी नेटवर्कको उपलब्धता गराउने लक्ष्य निर्धारण गरेको थियो ।

सोही लक्ष्य अनुसार हाई इन्ड र फ्ल्यागशिप सेगमेन्टका स्मार्टफोनमा फाइभजी नेटवर्क सार्वजनिक गरेको रियलमीले अब मिड रेन्ज र सस्ता स्मार्टफोनमा पनि फाइभजी नेटवर्क उपलब्ध गराउने उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१