close

विद्यार्थीलाई साओमीको जुत्तादेखि ल्यापटपसम्मका उपहार

टेकपाना टेकपाना

चैत ८, २०७७ २०:४७

विद्यार्थीलाई साओमीको जुत्तादेखि ल्यापटपसम्मका उपहार

काठमाडौं । साओमीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कुलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

साओमीले समुदायको सेवका लागि विभिन्न कल्याणकारी गतिविधि आयोजना गरिरहेको छ । साओमी नेपाल टिमले डीएसएका विद्यार्थीलाई उपहारस्वरूप ल्यापटप, किट, झोला, जुत्ता, किताब वितरण गरेको हाे ।

शैक्षिक सामग्री वितरणका बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी सदैव आफू सञ्चालन रहेको समुदायको सेवाका लागि तयार छौं । व्यवसाय गर्नुका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौं ।’

उनले अगाडि भने, ‘आगामी दिनमा पनि हामी समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्नेछौं । मलाई विश्वास छ कि हाम्रा साना सहयोगहरुले निकट भविष्यमा सकरात्मक परिणाम ल्याउने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१