close

अर्को साता सार्वजनिक हुँदै साओमीका नयाँ उत्पादन, एमआई ११ सिरिजका स्मार्टफोन आउने अपेक्षा

टेकपाना टेकपाना

चैत ९, २०७७ १७:२०

अर्को साता सार्वजनिक हुँदै साओमीका नयाँ उत्पादन, एमआई ११ सिरिजका स्मार्टफोन आउने अपेक्षा

काठमाडौं । चिनियाँ स्मर्टफोन ब्राण्ड सोओमीले आउँदो साता आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही मार्च २९ गते अर्थात चैत १६ गते सोमबार प्रडक्ट सार्वजनिक कार्यक्रम राखेको हो ।

‘साओमी मेगा लञ्च’ को रुपमा कम्पनीले आफ्नो ट्वीटर ह्याडलमार्फत यसबारेमा आज जानकारी दिएको छ । अनलाइनमार्फत आयोजना उक्त कार्यक्रम कम्पनीको फेसबुक, ट्वीटर, युट्युव लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

कम्पनीका अनुसार उक्त कार्यक्रम नेपाली सयम अनुसार सोमबार साँझ ५ः१५ बाट सुरु हुनेछ । कम्पनीले उक्त कार्यक्रममा आफ्नो कुन प्रडक्ट सार्वजनिक हुने भन्ने विषयमा भने खुलाएको छैन ।

तर, उक्त कार्यक्रममा साओमी एमआई ११ सिरिजमा तीन ओटा नयाँ स्मार्टफोन सार्वजनिक हुनसक्ने बताइएको छ ।

जसमा एमआई ११ लाइट, एमआई ११ प्रो र एमआई ११ अल्ट्रा रहेका छन् । लोमो समयदेखि यी फोन सार्वजनिक हुने चर्चा चलिरहेकाले पनि आउँदो सोमबारको कार्यक्रममा कम्पनीले यिनै स्मार्टफोन सार्वजनिक गर्नसक्ने आँकलन गरिएको हो ।

यदि उल्लेखित फोन सर्वाजनिक भएको खण्डमा फोनमा पहिलो पटक स्न्यापड्रागन ७७५ जी चिपसेट प्रयोग हुने अनुमान गरिएको छ । त्यस्तै, फोनको पछाडि भागमा स्पाइ शट प्वाइन्टेड क्यामेरा सहित तीन ओटा क्यामेरा रहने छन् ।

जसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगा पिक्सेलको अल्ट्रावाइड र ५ मेगापिक्सेलको म्याक्रो युनिट रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१