close

हाम्रो डक्टर छैठौं वर्षमा, वेब र एप भर्सनको नयाँ संस्करण सार्वजनिक

टेकपाना टेकपाना

चैत १०, २०७७ २२:१९

हाम्रो डक्टर छैठौं वर्षमा, वेब र एप भर्सनको नयाँ संस्करण सार्वजनिक

काठमाडौं । नेपालको हेल्थ केयर प्रणालीलाई डिजिटाइज गर्ने पहिलो एप हाम्रो डक्टर छैठौं वर्षमा प्रवेश गरेको छ । पाँचौं वर्ष पुरा गरेको अवसरमा हाम्रो डक्टरले आफ्नो वेब र एपको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ ।

एपको नयाँ संस्करण सार्वजनिक भएसँगै अब प्रयोगकर्ताहरुले हाम्रो डक्टर एपबाट चिकित्सकसँग अनलाइन परामर्श लिनुका साथै, दुई दर्जन अस्पतालको समय र टिकेटका साथै हेल्थ प्याकेजहरु खरिद गर्न सक्नेछन् । यसअघिको संस्करणमा हाम्रो डक्टरबाट अनलाइन स्वास्थ परामर्श मात्र लिन सकिन्थ्यो । 

साथै एपमार्फत नै अब अस्पताल, क्लिनिक तथा ल्याबहरुले पनि सहजरुपमा आफ्नो सेवा डिजिटल माध्यमबाट प्रयोकगर्तामाझ बिक्री वितरण गर्नसक्ने छन् ।

नयाँ संस्करणपछि हाम्रो डक्टर एप्लिकेसन अझ धेरै आकर्षक र प्रयोगकर्तामैत्री बनेको संस्थापक अध्यक्ष उद्धवराज भेटुवाल बताउँछन् ।

अहिले हाम्रो डक्टरमा २७ हजारभन्दा धेरै चिकित्सा जसमा तीन हजार भेरिफाइड चिकित्सक छन् । यस्तै अनलाइन परामर्शका लागि सयभन्दा धेरै विशेषज्ञ रहेका छन् ।

हालसम्म एप ५० हजारपटक डाउनलोड भइसकेको छ भने यसमा १५ हजारभन्दा धेरै भेरिफाइड प्रयोगकर्ता रहेका छन् ।

हाल यो एप एन्ड्रोइडआईओएस दुवैमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१