close

ग्लोबल ईकम डलर कार्डमार्फत विदेशमा ५०० डलरसम्मको भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत १२, २०७७ २१:११

ग्लोबल ईकम डलर कार्डमार्फत विदेशमा ५०० डलरसम्मको भुक्तानी गर्न सकिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै बैंकले डलर कार्ड ल्याएको हो ।

यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ईकमर्स साइटमार्फत अनलाइन शपिङ गरी विश्वभर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन ।

ग्राहकले एकैपटक वा पटक पटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को विदेशी मुद्राकाे सटही गर्न सक्नेछन् ।

बैंकमा खाता भएका ग्राहकले आफ्नो नागरिकता र प्यान कार्ड पेस गरेर ५ सय रुपैयाँ सेवा शुल्क तिरेर डलर कार्डको सुविधा लिन सक्नेछन् ।

साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैंले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधा लिन सकिन्छ ।

यसअघि नविल बैंक, एनएमबि बैंकले पनि डलर कार्ड जारी गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१