close

आजदेखि सिमरा गोल्डकप, हरेक खेलको टिकेट खल्ती वालेटबाटै काट्न सकिने

टेकपाना टेकपाना

चैत ३१, २०७७ १३:४७

आजदेखि सिमरा गोल्डकप, हरेक खेलको टिकेट खल्ती वालेटबाटै काट्न सकिने

काठमाडाैं । मंगलबारदेखि सिमरा रंगशाला सर्लाहीमा सुरू हुन लागेकाे ११औं जीतपुर सिमरा गोल्ड कप २०७७ फुटबल प्रतियाेगितामा खल्ती एपबाट खेलको टिकट काट्न सकिने भएकाे छ ।

याे प्रतियाेगिताकाे टिकेट पार्टनरसमेत रहेकाे ‘खल्ती’ डिजिटल वालेट तथा पेमेन्ट गेटवेबाट टिकेट काट्दा २० प्रतिशत छुट पाउने सकिनेछ । यसमध्ये ५ जनाले हरेक म्याचमा शतप्रतिशत टिकेट रकम फिर्ता (क्यासब्याक) पाउनेछन् ।

यसको लागि खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल तथा नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाबीच सम्झौता भएकाे छ ।

‘हामी यस जीतपुर सिमरा गोल्ड कपमा आधिकारिक टिकटिङ पार्टनर हुन पाउँदा निकै गर्व महसुस गरेका छौं । यसले फ्यानहरुलाई लाइन नबसी आफ्नो फोनबाटै टिकेट खरिद गर्न सम्भव बनाउने छ। साथै यसले सबैलाई डिजिटल भई आफ्नो भुक्तानी अनलाइन माध्यमबाट गर्न थप प्रोत्साहन गर्ने कुरामा म विश्वस्त छु,’ भुर्तेलले भने ।

यस्तै क्लबका अध्यक्ष भन्छन्, ‘हामी खल्ती डिजिटल वालेटसँग सहकार्य गर्न पाएकोमा निकै खुशी छौं । अब टिकेट अनलाइन खरिद गर्न सम्भव भएकाले हामीलाई यसले खेल व्यवस्थापनमा थप मद्दत पुग्ने कुरामा आश्वस्त छौं । हामीले अनलाइन टिकेटमा क्यासब्याक र छुटको व्यवस्था पनि गरेका छौं । त्यसैले सबैलाई सकेसम्म फोनबाटै टिकट काट्न अनुरोध गर्दछौं ।’

यस खेलमा विजेताले १० लाख र उपविजेताले ५ लाख नगद राशि पुरस्कार स्वरुप पाउनेछन् । साथै रंगशालामा उपस्थित प्रशंसकहरुलाई पनि भरपुर समर्थन दिन प्रोत्शाहन गर्न ‘खल्ती’ ले रु. २००० कुपन कोड हरेक खेलमा एक जनाको लागि व्यवस्था गरेको छ ।

यस कपका सबै इभेन्ट तथा खेल गोल नेपालले आफ्नो फेसबुक पेजको माध्यमबाट लाइभ प्रसारण गर्नेछ, जहाँ दर्शकको लागि ‘खल्ती’ को कुपन कोड उपलब्ध हुनेछ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप Khalti.com/app लिंकबाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१