close

रणनीति तय गर्दै विश्व युद्ध लड्ने नेपाली गेम सार्वजनिक, यस्तो छ खेल्ने तरिका

टेकपाना टेकपाना

बैशाख ३, २०७८ १७:२१

रणनीति तय गर्दै विश्व युद्ध लड्ने नेपाली गेम सार्वजनिक, यस्तो छ खेल्ने तरिका

काठमाडाैं । नेपाली कम्पनीले तयार पारेकाे वर्ल्ड वार फोर- इण्ड गेम गुगल प्ले स्टोरमा सार्वजनिक भएको छ । आईटी कम्पनी पोडामाइब नेपालअन्तर्गतको गेम डेभलपमेन्ट कम्पनी एस्ट्रिक टेक्नोलोजीले तयार पारेकाे हाे ।

याे गेम आजदेखि प्ले स्टोरमा उपलब्ध भएकाे छ । २०३० को सेटमा परिकल्पना गरिएको यो गेममा तेस्रो युद्ध सकेर, मानवता नै हराएर जाने अवस्थामा पुगेको दृश्य देखाइन्छ ।

त्यस्तो अवस्थामा गेममा ८ शक्तिशाली मुलुकहरु लडिरहेको परिकल्पना गरिएको छ । जसमा अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मध्यपूर्व, रसिया, जापान, चीन र भारत रहेका छन् ।

वर्ल्ड वार फोर कस्तो गेम हो ?
याे गेम एउटा स्ट्राटेजिक गेम हो । यो पब्जीजस्तो रोयल ब्याटल गेम होइन । यसमा हात हतियार प्रयोग गरी हिंसात्मक युद्ध गरिन्न ।

विगतमा भएका हिंसात्मक युद्ध र त्यसले निम्त्याएको मानव संकटको स्थितिलाई पुनः दोहोरिन नदिन शान्तिपूर्ण ढङ्गबाट विभिन्न रणनीति र कौशलको प्रयोग गरी विश्व वर्चस्व कायम गर्न विभिन्न मुलुकले यस गेममार्फत संघर्ष गर्नुपर्नेछ ।

यस गेमको स्टोरीलाइनलाई २०३० मा सेट गरिएको छ । जहाँ चौंथो विश्वयुद्धको कल्पना गरिएको छ । मुलुकहरु आठवटा शक्तिशाली ब्लक अमेरिका, बेलायत, संयुक्त युरोप, संयुक्त मध्यपूर्व, रसिया, जापान, चीन र भारतमा विभाजन हुनेछन् ।

यस्तै गेममा चारवटा करियर मोड फिचर रहेका छन् । जसमा उच्च दक्ष जनशक्ति, बिजनेसम्यान, राजनीतिज्ञ र सेनाहरु रहने छन् । यी चारैवटा करियर मोडले आफूलाई के कसरी शक्तिशाली बनाएर देशलाई बलियो बनाउन सकिन्छ भन्ने रणनीति अपनाउने छन् ।

जुन देशमा यी चारै मोड शक्तिशाली हुन्छन्, तीनले साना देशहरुलाई कब्जा गर्दै आफ्नो वर्चस्व कायम गर्ने छन् ।

‘यसमा रणनीति र हिसाब किताब मात्र हुन्छ । करियर मोडका खेलाडीहरुले आफ्नो क्याटेगोरीलाई कसरी बलियो बनाउने भनेर रणनीति प्रयोग गर्ने मात्र हुन्छ,’ पोडामाइब कम्पनीका बजार प्रमुख सुजिताब चौधरी भन्छन्, ‘कसरी गोल्ड कोइनहरु प्राप्त गर्न सक्छन्, त्यसको लागि आइडिया लगाउँछन् र यी करियर मोडको शक्ति बढ्दै गएपछि साना मुलुकलाई कब्जा गर्दै जान्छन् ।’

विशेषगरी गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ, जहाँ उसले प्रत्येक ४ घण्टामा एकपटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एकपटक तालिम लिन पाउनेछ ।

गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ। खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।

खेलाडिले कच्चा पदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नु पर्नेछ ।

यस गेमको मुख्य विशेषता:
१. प्रत्येक सय दिनको एक सिरिज हुनेछ ।
२. विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
३. आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
४. वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट यो गेम केही समयका ला गि पाँच डलरमा प्राप्त हुनेछ जसमा ५० गोल्ड पाउन सकिनेछ ।

याे गेम डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१