close

स्टिभ जब्सले आफ्ना बच्चालाई यसकारण कहिल्यै दिएनन् आईप्याड

टेकपाना टेकपाना

बैशाख ४, २०७८ १७:२४

स्टिभ जब्सले आफ्ना बच्चालाई यसकारण कहिल्यै दिएनन् आईप्याड

काठमाडाैं । यो सन् २०१० ताकाको कुरा हो । जतिखेर एप्पलका संस्थापक स्टिभ जब्स आईप्याड सार्वजनिक गर्न आयोजित कार्यक्रमको स्टेजमा थिए र उनी आईप्याड एउटा गज्जबको डिभाइस भएको बताइरहेका थिए ।

यसले शैक्षिक उपकरणकाे रुपमा विद्यार्थीहरुलाई सघाउने काम समेत गर्ने भन्दै आम मानिसलाई त्यसतर्फ आकर्षित गर्ने प्रयास गरिरहेका थिए ।

आईप्याडबाट वेबसाइट भिजिट गर्न, भिडियो हेर्नका साथै अन्य व्यक्तिहरुसँग अन्तर्क्रिया गर्न समेत सघाउने भन्दै यसका फिचरको समेत बयान गरिरहेका थिए ।

त्यसकाे करीब दुई वर्षपछि उनलाई सोधियो- के तपाईंका बच्चाले पनि आईप्याड रुचाउँछन् ? त्यसको जवाफमा जब्सले वास्तवमै आफ्ना बालबालिकालाई घरमा आईप्याड प्रयोग गर्ने अनुमति नै नरहेकाे बताएका थिए । ‘प्रभावका हिसावले उनीहरुका लागि याे निकै नै खतरा विषय रहेकाे हाम्रो बुझाई छ,’ उनले भनेका थिए ।

वास्तवमा उनले किन त्यसो भने होलान् ? पक्के पनि त्यसको पछाडि उनले यसलाई एउटा दुर्व्यसनी साधनको रुपमा महसुस गरेकाे हुनुपर्छ ।

यदि तपाईंको अघि एक आईप्याड छ वा घरबाट निस्किँदा साथमै बोकि हिँड्नुभएको छ भने तपाईंलाई लत लागेका सामाजिक सञ्जाल, भिडियो, गेम लगायतका विभिन्न प्लेटफर्ममा लगातार रुपमा पहुँच बनिरहेको हुन्छ ।

यस्तो अवस्थामा त्यसबाट जाेगिन साँच्चिकै कठिन हुन्छ । अवश्य पनि अरुले जस्तै ती विषयवस्तु स्टिभ जब्सका बच्चाहरुले समेत मन नपराउने कुरै हुँदैन थ्यो । त्यस्ता प्लेटफर्मबाट बच्चाहरुमाथि हुन सक्ने संभावित दुर्व्यवहार र लतकै विषयलाई लिएर नै स्टिभ जब्सले त्यसो भनेको हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१