close

अब अनलाइनबाटै जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

बैशाख ५, २०७८ २२:४०

अब अनलाइनबाटै जग्गाको नक्शा प्रिन्ट र राजश्व तिर्न सकिने, यस्तो छ तरिका

काठमाडाैं । सरकारले ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने गरी यो अनलाइन प्रणाली सुरु भएको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राही दमन्ता ढुंगानालाई नक्सा प्रिन्ट हस्तान्तरण गर्दै यो सेवाको सुरुवात गरे ।

यो प्रणाली सुरु भएपछि अब घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने भएको छ ।

जग्गाधनीले आफ्नो रेकर्डअनुसारको जग्गाको नक्सा अनुकूल ठाउँबाट आफैं प्रिन्ट गरेर लिन मिल्ने गरी बिहीबारदेखि नापी विभागले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।

हेर्नुहाेस् भिडिओ रिपाेर्ट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१