close

सामसङको नयाँ ट्याब्लेट, जसमा हुनेछ तीन वटा फोल्डिङ डिस्प्ले

टेकपाना टेकपाना

बैशाख ६, २०७८ ८:४०

सामसङको नयाँ ट्याब्लेट, जसमा हुनेछ तीन वटा फोल्डिङ डिस्प्ले

काठमाडौं । सामसङले आगामी नयाँ प्रोजेक्टका लागि ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको खुलासा भएको छ । कम्पनीले ग्यालेक्सी ‘जेड फोल्ड ट्याब’ नामको ट्रिपल फोल्डिङ ट्याबलेटमाथि काम गरिरहेको गिज्मो चाइनामा प्रकाशित एक एक्सक्लुसिभ रिपोर्टमा खुलासा भएको छ । 

कम्पनीले उक्त नयाँ डिभाइसलाई आगामी वर्ष २०२२ को पहिलो त्रैमासिकसम्ममा प्रकाशित गर्नेछ । यसअघि पनि चिनियाँ मिडियामा प्रकाशित एक तस्वीरमा ग्यालेक्सी जेड फोल्ड ट्याबकाे स्वरुपको झलक दिइएको थियो । तर उक्त तस्वीरलाई पुष्टि गर्ने पर्याप्त जानकारी भने थिएन । 

साथै पछिल्लो रिपोर्टमा सामसङ कम्पनीले उक्त ट्रिपल फोल्डिङ डिभाइसको टिजरलाई ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फ्लिप थ्रीको आगामी लन्चको अवसरमा सार्वजनिक गर्ने संकेत दिइएको छ । 

पृथक फोल्डिङ डिस्प्लेबाहेक उक्त डिभाइसमा सुधारिएको अल्ट्रा थिन ग्लास युटीजी हुनुका साथै त्यसले नयाँ एस पेनलाई पनि सपोर्ट गर्ने बताइएको छ । तर हालको फर्मभन्दा नयाँ डिभाइसको स्टाइलिस कसरी फरक हुन्छ भन्ने कुरामा केही बताइएको छैन ।

तर नयाँ यूटीजी र एसपेन भने आगामी सार्वजनिक हुने डिभाइस ग्यालेक्सी जेड फोल्ड थ्रीमै सार्वजनिक हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१