close

स्मार्टफोन बजारमा सामसङको अग्रता, यस्ता छन् शीर्ष ५ कम्पनी

टेकपाना टेकपाना

बैशाख ९, २०७८ १३:४०

स्मार्टफोन बजारमा सामसङको अग्रता, यस्ता छन् शीर्ष ५ कम्पनी

काठमाडौं । सन् २०२१ काे पहिलो तीन महिनामा सामसङले विश्वबजारमा सबैभन्दा धेरै स्मार्टफोन ल्याएकाे छ । अघिल्लाे वर्ष यही अवधिकाे तुलनामा ३५ प्रतिशत बढी सामसङका फाेन बजारमा विस्तार भएकाे छ । याे २०१५ यताकै सबैभन्दा ठूलो वृद्धिदर हो ।

२०२१ को पहिलो त्रैमासमा सामसङ यस उद्योगको सबैभन्दा उत्कृष्ट पर्फमेन्स भएको स्मार्टफोन निर्माता कम्पनी बनेको छ, जसको २३ प्रतिशत बजार हिस्सा छ । यस अवधिमा ओप्पो र भिभो चौंथो र पाँचौं स्थानमा आउँदा ह्वावे भने शीर्ष पाँच ग्लोबल स्मार्टफोन सिपमेन्ट कम्पनीको सूचीमा आउन सकेन ।

२०२१ को पहिलो त्रैमासमा ३४ करोड युनिट स्मार्टफोन विश्वबजारमा सिपिङ भएको स्ट्राटेजी एनालिटिक्सको पछिल्लो रिपोर्टले देखाएको छ ।

यसमा सबैभन्दा धेरै सामसङको सात करोड ७० लाख यूनिट सिपमेन्ट भएको थियो । गत वर्ष २०२० को पहिलो त्रैमासमा कम्पनीले पाँच करोड ८० लाख सिपमेन्ट गरेको थियो ।

मोबाइल बिक्री संख्यामा भएको यो भारी वृद्धिको श्रेय भने सुलभ मूल्यमा सामसङले ल्याएकाे ग्यालेक्सी’ ‘ए सिरिज फोरजी तथा फाइभजी फोनहरुलाई जान्छ । साथै ग्यालेक्सी एस २१ सिरिजले पनि बिक्री संख्या बढाउन मद्दत पुर्‍याएको हो ।

एप्पल भने यो सूचीमा दोस्रो स्थानमा आएको छ, जसको पाँच करोड ७० लाख फोन सिपमेन्ट भएको छ र उसले अहिले १७ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यस्तै तेस्राे स्थानमा आएको साओमीको पनि यस वर्षको पहिलो त्रैमासमा ग्लोबल स्मार्टफोन सिपमेन्ट वृद्धि भएको छ । कम्पनीले चार करोड ९० लाख स्मार्टफोन विश्वबजारमा सिपमेन्ट गरी १५ प्रतिशत बजार हिस्सामा कब्जा जमाएको छ, जुन उसको बिक्री इतिहासको १० वर्षयताकै उच्च हो ।

चीन र भारतमा बलियो पर्फमेन्स तथा अफ्रिका, यूरोप तथा ल्याटिन अमेरिकी क्षेत्रमा भएको बलियो विस्तारको सुखद परिणाम हो यो ।

यस्तै ह्वावेलाई शीर्ष पाँच सूचीबाट पछि पार्दै २०२१ काे पहिलो त्रैमासिकमा चौंथो र पाचौं स्थानमा पर्न सफल ओप्पो र भिभो दुवैकाे बजार हिस्सा समान ११ प्रतिशत छ ।

ओप्पाेले तीन करोड ८० लाख फोन सिपिङ गरेको थियो भने भिभोले तीन करोड ७० लाख स्मार्टफोन सिपिङ गरेको थियो ।

यसरी याे अवधिमा यी पाँच शीर्ष भेन्डरको समग्र बजार हिस्सा विश्वमा ७६ प्रतिशत रहेको छ । गत वर्ष शीर्ष पाँच भेन्डरको बजार हिस्सा ७१ प्रतिशतमात्र रहेको स्ट्राटेजी एनालिटिक्सकी वरिष्ठ निर्देशक लिन्डा स्यूले बताइन् । -एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१