close

शक्तिशाली ब्याट्री भएको मोटोरोलाको सस्तो स्मार्टफोन नेपालमा

टेकपाना टेकपाना

बैशाख १०, २०७८ २०:४८

शक्तिशाली ब्याट्री भएको मोटोरोलाको सस्तो स्मार्टफोन नेपालमा

काठमाडौं । मोटोरोलाले आफ्नो लोकप्रिय ई सिरिज लाइनअपको स्मार्टफोन मोटो ई सेभेन नेपाली बजारमा ल्याएको छ । कम्पनीले २ जीबी र्‍याम तथा ३२ जीबी इन्टरनल स्टोरेज भएको नयाँ स्मार्टफोन नेपाल भित्र्याएको हो ।

फोनमा कम्पनीले पाँच हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री राखिएको छ । यसमा ६.५ इन्चको म्याक्स भिजन एचडी प्लस डिस्प्ले रहेको छ ।

टाइप सी यूएसबी चार्जर सपोर्ट गर्ने यो फोन धुवाँ धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका लागि आईपी ५२ सर्टिफाइड हो । यो वास्तवमा एउटा वाटर रेपिल्यान्ट डिजाइन फोन हो ।

भारतमा बनेको मोटोरोलाको यो फोन विश्व बजारमा पुग्नु अघि नै नेपालमा सार्वजनिक भएको हो । जुन १८ अप्रिलदेखि अनलाइन शपिङ साइट दराजसँगै अन्य प्रमुख खुद्रा स्टोरहरुमा उपलब्ध छ ।

यसको क्यामेराको कुरा गर्दा पछाडि भागमा १३ मेगापिक्सलको डुअल क्यामेरा दिइएको छ । जसमा फेस डिटेक्सन अटोफोकस पनि छ । नेपालमा यसको मूल्य मात्र १२ हजार ९९९ रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१