close

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो सानिमा लाइफ इन्स्योरेन्स

टेकपाना टेकपाना

बैशाख ११, २०७८ ११:३३

एनसीएचएलको भुक्तानी प्रणालीमा जोडियो सानिमा लाइफ इन्स्योरेन्स

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई (एनपीआई) सँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियलटाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ ।

यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाइन भुक्तानी कनेक्ट आईपीएसको वेबसाइट, माेबाइल एप तथा सदस्य बैंक वित्तीय संस्थाहरुको शाखाबाट गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१