काठमाडाैं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ ।
नेपालकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीद्धारा सञ्चालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ । एपीवानले खुकुरी नेपाल सुपर लिगका म्याचहरू २१ दिनसम्म प्रत्यक्ष प्रसारण गर्नेछ ।
लिगमा ७ वटा प्रदेशका ७ वटै टिमहरुबीच २५ वटा म्याचहरु खेलिनेछन् । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक मनोज अग्रवाल भन्छन्, “फुटबल नेपालको एउटा लोकप्रिय खेल हो र एपीवान टेलिभिजन मार्फत प्रसारण हुने यो उत्साहजनक फुटबल लिगमा जोडिन पाउँदा हामी निकै खुशी भएका छौं ।
उनले अगाडि भने, ‘यो टुर्नामेन्टले नेपालका उदयीमान युवा फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनेछ, जसलाई लाखौं दर्शकहरूले हेर्नेछन । वर्ल्डलिंक सधैं आफ्ना प्रिय ग्राहक महानुभावहरूको जीवनलाई उल्लासमय बनाउने मौकाको खोजीमा हुन्छ । नेपाली जनतालाई उत्साहित बनाउन र मनोरञ्जन दिन यो टुर्नामेन्ट पनि त्यस्तै एउटा भव्य अवसर भएको छ ।’
खुकुरी नेपाल सुपर लिग २०२१ नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग हो । टुर्नामेन्ट दशरथ रंगशालामा आयोजित हुने भए पनि काेराेना महामारीका कारण दर्शकहरू चाहिँ त्यहाँ हुने छैनन् ।