close

नेपाल एयरलाइन्सको टिकेट अब क्यूआर कोडबाट

टेकपाना टेकपाना

बैशाख १४, २०७८ ८:९

नेपाल एयरलाइन्सको टिकेट अब क्यूआर कोडबाट

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल बैंक लिमिटेडको सहकार्यमा टिकेटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली सुरु गरेकाे छ ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा सो कार्यको थालनी गरे ।

त्यस अवसरमा महाप्रबन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरू जोड्दै जाने बताए ।

यसैबीच ग्लोबल आईएमई बैंकको गाइघाट शाखाले सिटी सफारी यातायातबाट सञ्चालित अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्यूआर भुक्तानी प्रणाीलाई प्रोत्साहन गरिरहेको छ । यसअनूरुप देशका विभिन्न सेवा र व्यापारिक ठाउँमा यसको प्रयोग बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१