close

सनराइज बैंकका ग्राहकले अब बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न पाउने

टेकपाना टेकपाना

बैशाख १५, २०७८ ८:२६

सनराइज बैंकका ग्राहकले अब बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न पाउने

काठमाडाैं । सनराइज बैंक लिमिटेडले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कपोरेट पे प्रणालीको सुरुवात गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने यो प्रणाली सुरु गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको कर्पोरेट पेले छोटाे समयमै सफलता प्राप्त गरेकाे छ । यस प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिनेछ ।

यसका साथै व्यवसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तीय संस्थाका लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यी भुक्तानी व्यवसायिक ग्राहकले छनोट गरेबमोजिम कनेक्ट आईपीएसमार्फत रियल टाइममा र एनसीएचएल/आईपीएसमार्फत नन–रियल–टाइममा गर्न सकिने छ । साथै यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्नसक्ने व्यवस्था पनि रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१