close

सिटी एक्सप्रेस र फेडेरल एक्सचेन्जबीच सम्झौता, अब यूएईबाट नेपालमा पैसा पठाउन सजिलो हुने

टेकपाना टेकपाना

बैशाख १६, २०७८ १२:२८

सिटी एक्सप्रेस र फेडेरल एक्सचेन्जबीच सम्झौता, अब यूएईबाट नेपालमा पैसा पठाउन सजिलो हुने

काठमाडाैं । यूएईको ख्यातिप्राप्त फेडेरल एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूएईमा रहनुभएका नेपालीहरुले फेडेरल एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेन्जका तर्फबाट महाप्रबन्धक राजह आरआर लियानेजले हस्ताक्षर गरे ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१