close

मेरो कारोबार एप अब आईओएसमा पनि

टेकपाना टेकपाना

बैशाख ३०, २०७८ ९:१२

मेरो कारोबार एप अब आईओएसमा पनि

काठमाडौं । साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लक्षित गर्दै मोफसलका केही युवाले सुरू गरेको मोबाइल एप मेराे काराेबार अब आईओएसका लागि उपलब्ध भएको छ ।

निःशुल्क प्रयोग गर्न सकिने याे एप एन्ड्राेइडका लागि गत मंसिरमा सार्वजनिक भएकाे थियाे । यो एपले उधारो कारोबार गर्ने साना तथा मझाैला व्यवसायीहरूलाई सहयाेग पुर्‍याएकाे छ । यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ ।

यसले किराना तथा साना पसलको कारोबारलाई नै पेपरलेस बनाउने लक्ष्य राखेकाे एप डेभलपर एवं बाइटकेयर सफ्टवेयर कम्पनीका संस्थापक समीर फुँयालले बताए ।

एपमा इमेज (बिल) अपलाेड गर्ने फिचर पनि छ । साथै कुन दिन के मा कति खर्च या कति आम्दानी भनेर ट्रयाक गर्न सकिन फिचर पनि थप भएकाे छ ।

कारोबारको डेटा ब्याकअपमा रहने र कस्टमरसँगको पुरानोभन्दा पुरानो हिसाबलाई समेत ट्रयाक गर्न सकिने हुँदा यसले व्यवसायीको सिङ्गो टर्नओभरको हिसाबमा समेत विश्वासिलो आधार दिने बताइएकाे छ ।

यस एपलाई नेपाली भाषामा चलाउन सकिन्छ । यो अफलाइन र अनलाइन दुवै मोडमा उपलब्ध छ । ‘अफलाइन डेटा लोड गरेपछि अनलाइन जाँदा डेटा सिङ्क हुन्छ,’ समिर भन्छन् ।

साथै सेल्स, पर्चेज, इन्भेन्टाेरीका फिचरसहित ‘मेराे काराेबार प्लस’ काे डेभलपमेन्टका क्रममा आफूहरू रहेकाे उनले सुनाए ।

डाउनलाेड कसरी गर्ने ?

आईओएसका लागि यहाँ क्लिक गर्नुहाेस् ।
एन्ड्राेइडका लागि यहाँ क्लिक गर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् : उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप : मेरो कारोबार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४