काठमाडौं । लक डाउनको समयमा स्वास्थ्य समस्या पर्दा समेत चिकत्सकसँग सम्पर्क गर्न सक्नु भएको छैन ? चिन्तित नहुनुहोस्, अब फोन, ह्वाट्सएप र भाइबरबाटै तपाईंले डाक्टरसँग निःशुल्क परामर्श सेवा लिन सक्नुहुनेछ ।
एक एक पाइला नामक गैरनाफामूलक संस्थामा आबद्ध चिकित्सकहरुले यस किसिमको सेवा दिने भएका हुन् । तपाईंले आफ्नो समस्या डाक्टरलाई सुनाउन सक्नुहुनेछ ।
डाक्टरहरुले त्यसको समाधान गर्ने कोसिस गर्नेछन् । यसका लागि १४ जना डाक्टरका फोन नम्बर सार्वजनिक गरिएको छ ।
जसमा बिहान ७-९ बजेसम्म र साँझ ५-७ बजेसम्म फोन कल गर्न सकिनेछ । त्यस्तै बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भाइबर र व्हाटसेप खुला रहने एक एक पाइलाले जनाएको छ ।
डाक्टरहरु आफ्नो नियमित काममा खटिनुपर्ने भएकाले अत्यावस्यक बाहेक अन्य समयमा मोबाइल म्यासेज, भाइबर र व्हाटसएपबाट सम्पर्क गर्न आग्रह गरिएको छ ।
भाइबर र ह्वाट्सएपमा आफ्नो पुरानो प्रेस्क्रिप्सनको फोटो सहित आफ्नो समस्या राख्दा समाधान गर्न सजिलो हुने डाक्टर सुधांसु केसीले बताए ।